Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७/७८ मा ६९ दशमलब १ प्रतिशत मात्र  

प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७/७८ मा ६९ दशमलब १ प्रतिशत मात्र  

सिआईएन

५, श्रावण २०७८
प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७/७८ मा ६९ दशमलब १ प्रतिशत मात्र  

सीता शर्मा, काठमाडौँ, ५ साउन । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६९ दशमलब १ प्रतिशत  मात्र बजेट खर्च गरेका छन् । जसमा चालु तर्फ ६७ दशमलव ५ प्रतिशत खर्च भएको छ भने  पुँजिगततर्फ ७० दशमलव ७ प्रतिशत खर्च भएको छ महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले आफ्नो समग्र बजेटको ६४ दशमलब ७६ प्रतिशत र  प्रदेश २ ले ६५ प्रतिशत खर्च गरेको छ ।

images

बाग्मती प्रदेश सरकारले भने ७० प्रतिशत खर्च गरेको बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालयका नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले चालु खर्च भन्दा पूँजीगत खर्च बढी गरेको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता रमेश शर्माले बताउनुभयो ।

अन्य प्रदेशमा भन्दा लुम्बिनी प्रदेश सरकारको खर्च दर राम्रो देखिएको छ । लुम्बिनी सरकारले आफ्नो सम्पूर्ण बजेटको ८२.४१ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले ६३ प्रतिशत खर्च गरेको छ भने सुदुरपश्चिम प्रदेश सरकारले ६७ दशमलव १७ प्रतिशत खर्च गरेको छ । अर्थविद् चन्द्रमणी अधिकारीले भने प्रदेश सरकारले बजेट खर्च बढाए पनि त्यो प्रयाप्त नभएको बताउनुभयो ।

प्रदेश सरकारको बजेट खर्च बढाउदै गएपनि  आर्थिक वर्षको अन्तिम महिनामा काम गर्ने र बजेट खर्च गर्ने प्रवृति भने फेरिएको छैन ।   

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ०९:३०:३० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology