Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फौजी किराले मकैबाली नष्ट गरेपछि इच्छाकामना किटश्वराका किसानहरु चिन्तित

फौजी किराले मकैबाली नष्ट गरेपछि इच्छाकामना किटश्वराका किसानहरु चिन्तित

इच्छाकामना न्युज

१५, आषाढ २०७८
फौजी किराले मकैबाली नष्ट गरेपछि इच्छाकामना किटश्वराका किसानहरु चिन्तित
images

इच्छाकामना, १५ असार । चितवनको इच्छाकामना गाउँपालिकाको ग्रामीण क्षेत्रमा फौजी किराले मकै खेती नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ ।

images
images

यस वर्ष समयमै पानी परेकाले मकै उत्पादन हुने राम्रो आशा गरेपनि फौजी किराले नष्ट गरेपछि निरास बनेको इच्छाकामना गाउँपालिका ५ किटश्वरका किसान तेज बहादुर गुरुङले बताए।  अन्नबालीकै भरमा रहेका किसानलाइ मकै खेति बाहेक आय आर्जनको बिकल्प छैन।

मकै खेती बर्षेनि फौजी किराको प्रकोकमा पर्नुले समस्या भएको उनले बताए। वन्यजन्तुको कारण पनि क्षति बेहोर्दै आएका किसान प्राकृतिक प्रकोपका कारण पनि समस्यामा छन्, त्यसैमाथी किराको प्रकोप देखिएपछि कतै खाद्य संकट नै पो हुन्छ कि भन्ने चिन्ता लाग्न थालेको गुरुङले बताए।

फौजी किराले किटश्वराका अलावा आसपासका गाउँहरु पामडाँडा, साठिमुरे, तामिन, रैवुङ लगायतका गाउँहरुमा पनि मकैबालीमा क्षति गर्न थालेको देखिन्छ। 

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - २१:३८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology