Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मार्तडीको मुक्तिकोट गाउँमा चरम खाद्यान्न सङ्कट, बालबालिका कुपोषणको चपेटा

मार्तडीको मुक्तिकोट गाउँमा चरम खाद्यान्न सङ्कट, बालबालिका कुपोषणको चपेटा

images

रासस

१३, आषाढ २०७८
मार्तडीको मुक्तिकोट गाउँमा चरम खाद्यान्न सङ्कट, बालबालिका कुपोषणको चपेटा
images

मार्तडी, १३ असार । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको जनाइएको छ ।

स्थानीयवासी बलबहादुर वि।कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उहाँले भन्नुभयो “ लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको छैन । गाँउमा रोजगारी पनि छैन । घरमा खाद्यन्न भएको खाद्यन्न पनि सकियो ।”

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर वि।कले जानकारी दिनुभयो । ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ ।

स्थानीय उत्पादनले एकमहिना पछि छाक नटर्ने मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताउनुभयो । अधिकांश परिवार १२ महिना बजारका खाद्यन्नमा निर्भर हुनुपर्न बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।

मुुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहीले बताउनुभयो ।उहाँले यसबाट बालवालिका, गर्भवती र ज्येष्ठ नागरिक कुपोषणको शिकार बनेको जानकारी दिनुभयो ।

बालबालिकाको कुुपोषणबाट मृत्यु हुुने गरेको बताइएको छ । गाँउमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाँउपालिकाले भने गाँउमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।

गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाँउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुुनि रहेको उल्लेख छ । प्रतिवेदनमा गााउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ । 

 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १९:५८:५० बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology