बन्दीपुर, १० असार । तनहुँको बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभामा उपाध्यक्ष करुणा गुरुङले प्रस्तुत गरेको बजेटले पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाको बजेटमा चर्चित पर्यटकीय स्थल मिनी ग्रेट वाल र सिसाको भ्यु टावर प्रत्येकलाई डेढ करोड विनियोजन गरेको छ । गाउँपालिकाका अस्पताल र स्वास्थ्य एकाईका लागि आपतकालिन अवस्थामा चाहिने भन्दै बजेटमा औषधी किन्न ३३ लाख विनियोजन गरेको छ ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले पर्यटकीय पूर्वाधार विकासमा प्राथमिकता दिने उल्लेख गरेका थिए । गाउँपालिकाले डुम्रे बन्दीपुर जाने सडकको स्तरोन्नतिका लागि २ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
अन्य पर्यटकलक्षित योजनामा पनि गाउँपालिकाले बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत महेस सुवेदीले बताए ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषक र उत्पादनलाई प्राथमिकता दिने उनले घोषणा गरे । गाउँपालिकाले सहकारीलाई दुध उत्पादनमा प्रति लिटर रु १ अनुदान घोषणा गरे ।
नीति तथा कार्यक्रम
बजेट