Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यो वर्ष गोरखा पालुङटार क्षेत्रमा १४ करोड मूल्य बराबरको लिचि बिक्री

यो वर्ष गोरखा पालुङटार क्षेत्रमा १४ करोड मूल्य बराबरको लिचि बिक्री

इच्छाकामना न्युज

२८, जेठ २०७८
यो वर्ष गोरखा पालुङटार क्षेत्रमा १४ करोड मूल्य बराबरको लिचि बिक्री
images

राजेन्द्र न्यौपाने, गोरखा, २८ जेठ ।  लिचिकाे पकेट क्षेत्रकाे रुपमा रहेकाे गाेरखा जिल्लाकाे पालुङ्टार नगरपालिका वडा नम्बर ६,७ र ८ बाट याे वर्ष १४ कराेड भन्दा बढि मूल्यकाे लिचि विक्री हुने भएकाे छ । याे वर्ष असिना पानि नपरेका कारण लिचिकाे फल राम्राे रहेकाे किसानहरुले बताएका छन् ।

images
images

तराइका लिचि सकिएकाे र पहाडी क्षेत्रका लिचि पाक्ने समय नभएकाे माैका पारी लिचिका ठेकेदारहरु यतिबेला च्याङ्ली क्षेत्रमा प्रवेश गरेका छन् ।

यहाँका एउटै किसानले ४०० बाेट सम्म लिचिकाे बगैँचा बनाएका छन् । च्याङ्ली ८ का किसान रामकुमार श्रेष्ठले भने, मेराे बारिमा १८२ वटा रुख छन् । याे वर्ष मैले १० लाख मूल्यमा ठेक्का दिएकाे छु । आज ८ दिन भयाे दैनिक १ गाडी टिपेर लगेका छन् । बगैँचाका लिचि सकिन कम्तीमा पनि अझै २० दिन लाग्ने उनले बताए । यतिबेला यहाँकाे लिचिकाे मूल्य राम्राे रहेकाे उनलेब बताए ।

कृषि सेवा कार्यालय पालुङ्टारका प्रमखु छन्द कुमार श्रेष्ठका अनुसार २०७६ सालमा पालुङ्टार क्षेत्रबाट ११ कराेड मूल्यकाे लिचि विक्री भएकाे थियाे । २०७७ मा गणना गरिएन । याे वर्ष केही दिन अघि किसानहरुकाे भेला गरेर कसले कति मूल्यमा विक्री गरेकाे छ भनेर जानकारी लिदा १४ कराेड भन्दा धेरै मूल्यकाे लिचि विक्री हुने देखिएकाे उनले बताए । याे वर्ष असिना नपरेका कारण लिचि फल राम्राे रहेकाे र किसानहरुले धेरै मूल्य लिने उनले बताए ।

मनकामनाकाे सुन्तला नेपाली बजारमा जसरी प्रख्यात छ पालुङटारकाे लिचिकाे बजार पनि त्यत्तिकै स्थापित रहेकाे किसानहरु बताउँछन् । पालुङटारकाे लिचि भनेसी ग्राहकहरुले सजिलै खरिद गर्ने गरेकाे डुम्रे बजारमा लिची विक्री गर्दै आएकी मनमाया कुमालले बताइन ।

images
प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - २०:४८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology