Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धान रोप्ने समयमा मल पाइन्छ कि पाइदैन ? किसान अलमलमा 

धान रोप्ने समयमा मल पाइन्छ कि पाइदैन ? किसान अलमलमा 

सिआईएन

२६, जेठ २०७८
धान रोप्ने समयमा मल पाइन्छ कि पाइदैन ? किसान अलमलमा 
images

सीता शर्मा, काठमाडौं, २६ जेठ । कतिपय जिल्लामा धान रोप्न सुरु भैसकेको छ भने कतिपय ठाउँमा किसानहरु धान रोप्ने सुरसारमा छन् । धान रोप्ने समयमा राखिने डिएपी मल नपाएको किसानहरुको गुनासो छ । अब धान रोप्ने समयमा सजिलोसंग मल पाउने किसानको अपेक्षा छ ।

images
images

बाराको महागढीमाई नगरपालिकाका किसान जोगानन्द कलवारले ४ विगाहामा धान खेती गर्नुहुन्छ । जसका लागि डिएपी, युरीया र पोटास गरी लगभग १० क्विन्टल मल लाग्छ । यस पटक धानको बिउ राख्ने बेलामा त मल सहज रुपमा पाइएको छ । रोप्ने बेलामा पनि मलको यस्तै सहजता होस् भन्ने उहाँ चाहनुहुन्छ ।

सरकारले अनुदानमा दिने मल स्थानीय सरकारको समन्वयमा देशभरका ४६ सय सहकारी संस्थाबाट वितरण हुदै आएको छ । सरकारको तथ्याङ्क अनुसार अहिले दैनिक २५ सय मेट्रिक टनको हाराहारीमा मल विक्रि भइरहेको छ ।

तर पनि आवश्यकताका आधारमा मल नपाएको गुनासो भिमदत्त नगरपालिका २ कञ्चनपुरका किसान गिरीराज शर्माको गुनासो छ । देशभर झण्डै १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसका लागि डिएपी, युरीया र पोटास गरी १ लाख ६४ हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर मल विक्री वितरण गदै आएका कृषि साम्रगी र साल्ट टे«डिङ संग अहिले युरीया र डिएपी गरी ७९ हजार मेट्रिक टन मल मात्रै छ ।

कृषि साम्रगी कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेल आवश्यकता अनुसार मलको जोहो गरिरहेको बताउनुहुन्छ । चीन र बंगलादेशबाट ५५ हजार मेट्रिक टन युरीया मल आउने क्रममा रहेकाले यस पटक मलको अभाब नहुने सरकारको दाबी छ ।

सरकारले वर्षेनी मलमा दिने अनुदानको रकम बढाउदै गएपनी मल खरिदको प्रक्रिया समयमा गर्न नसक्दा मलको अभाब दोहोरिरहने राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम प्रसाद दंगालको भनाइ छ ।  

नेपालमा वर्षेनी १२ लाख मेट्रिक टन मलको माग हुने गरेको भएपनि सरकारले ५ लाख मेट्रिक टन सम्म खरिद गर्दै आएको छ । जसका कारण किसानले मलको अभाब खेप्ने र चर्काे मुल्य तिरेर निजी डिपो वा भारतबाट लुकीछिपी मल खरिद गर्ने बाध्यता हटेको छैन ।  

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - २०:१९:१७ बजे
  • सम्बन्धित विषय:

  • # मल

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology