कुरिनटार, १४ असोज । अब देखि मनकामना केवलकारको टिकट लिन लाईन बस्नुनपर्ने भएको छ। मनकामना दर्शन प्रा. लि. ले डिजिटल वालेट प्रयोग गरेर मनकामना केवलकारको टिकट किन्न सक्ने व्यवस्था गरेकोले टिकट लिनकै लागि लाईन बस्नु नपर्ने भएको हो।
हाललाई इसेवा र फोनपेबाट मनकामना केवलकारको टिकट किन्न सकिने व्यवस्था गरिएको मनकामना केवलकारका स्टेशन प्रमुख उज्वल शेरचनले जानकारी दिनुभयो।
मनकामना केवलकार नेपालकै पहिलो केवलकार सेवा हो।