घैरुङ, २३ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाको कोरोना कोषमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले ३० हजार सहयोग गरेको छ। संस्थाले बिहिबार गाउँपालिकाको कोरोना कोषमा जम्मा हुने गरी ३० हजारको चेक हस्तान्तरण गरेको हो।
उक्त रकमको चेक संस्थाको मनकामना शाखाका प्रबन्धक निर्मला के.सी. खनालले गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई हस्तान्तरण गरिएको थियो। गाउँपालिकालाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकाको कोरोना कोषमा रकम सहयोग गरिएको संस्थाको मनकामना शाखा प्रबन्धक निर्मला के.सी. खनालले जानकारी दिए।
पोखरामा मुख्य कार्यालय रहेको संस्थाको गोरखाको मनकामनामा वित ५ वर्षदेखि शाखा कार्यालय संचालनमा रहेको छ। मनकामनामा शाखामा मात्रै संस्थाको १ हजार ७ जना सदस्य रहेको र सो सदस्य मार्फत ५ करोड ६० लाख भन्दा बढि लगानी गरेको प्रबन्धक खनालले बताए।