काठमाण्डौ, १७ जेठ । नेपालमा कृषि पेशाबाट पलायनहुनेको संख्या बढ्न थालेको छ । पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार १३ दशमलव ५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरु पलायन हुने दर बढेको हो ।
नेपालश्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा ७३ दशमलव ९ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६० दशमलव ४ प्रतिशतमा झरेको छ । कृषिमा आधारित जनसंख्या पलायनको असर मुलुकको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पु¥याउने योगदानमा पनि देखिएको छ ।
१० वर्षको अविधिमा कृषिबाट जीडीपीमा हुने योगदान ६ दशमलव ९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा जीडीपीमा कृषिको योगदान ३२ दशमलव ७ प्रतिशत रहेकोमा चालु आवको अन्तिमसम्म यो आकार २५ दशमलव ८ प्रतिशत मात्रै रहने सरकारी अनुमान छ ।