Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चौतर्फी विरोधका बाबजुत सरकारले अध्यादेश मार्फत आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक

चौतर्फी विरोधका बाबजुत सरकारले अध्यादेश मार्फत आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक

इच्छाकामना न्युज

१५, जेठ २०७८
चौतर्फी विरोधका बाबजुत सरकारले अध्यादेश मार्फत आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक

काठमाण्डाै, १५ जेठ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ कराेड रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभएकाे हाे । 

images

यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेकाे हाे । 

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:०४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology