काठमाडौं, १५ जेठ । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको जानकारी दिए ।
उनले पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको जानकारी दिए । तर चितवनमा राम मन्दिर निर्माणका लागि कति रकम विनियोजन गरिएको भन्ने जानकारी दिएनन् । ‘चितवनको आयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट छुट्याएको छु ।’ उनले भने,
मुलुकका विभिन्न धार्मिक स्थलको संरक्षण र प्रवर्धनका लागि बजेट विनियोजन गरिएको उनले बताए ।