Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गरिँदै 

आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गरिँदै 

इच्छाकामना न्युज

१५, जेठ २०७८
आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गरिँदै 

काठमाण्डौ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट अध्यादेशमार्फत् आज सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार सरकारले आज पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो ।

images

सरकारले आगामी आर्थिक वर्षका लागि कोरोनासङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रीत रहेर बजेट सार्वजनिक गर्र्नेछ । प्रतिनिधिसभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको रािष्ट्रय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले सीआईएनसँग बताउनुभयो ।

सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०९:१३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology