तनहुँ, ७ जेठ । तनहूँ क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ’किसान’ले जिल्लाको विभिन्न अस्पतालहरुमा अक्सिजन हस्तान्तरण गर्नुभएको छ । देश नै दोश्रो चरणको कोभिडको महामारीमा रहेको वेला जनताको जीवन रक्षा गर्ने मनसायका साथ सकेको अक्सिजन सिलिण्डर वितरण गरेको सासंद श्रेष्ठले वताउनुभयो ।

जिल्लाको निर्वाचन क्षेत्र अन्र्तगत रहेको भानु स्थित पुरनडिही अस्पताल, वन्दिपुरस्थित वन्दीपुर अस्पताल र जिल्ला सदरमुकाममा रहेको दमौली अस्पताललाई माननिय सासंद श्रेष्ठले पाँच÷ पाँच थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । जिल्लावासीलाई कोरोना संक्रमणवाट राहत होस भनेर स्वास्थ्य विभागवाट माग गरेर अस्पतालमा हस्तान्तरण गरेको हो, सासंद श्रेष्ठले भन्नुभयो । जनताको जनजिविकाको रक्षाको लागी आफुले सक्दो प्रयास गर्ने वताउनुभएका श्रेष्ठले अगामी दिनमा पनि जनताको स्वास्थ्य रक्षाका लागी आफुले सकेको भुमिका खेल्ने वताए ।

दमौली अस्पतालमा आयोजित कार्यक्रममा सासंद श्रेष्ठले जनताको जीवन रक्षाका लागी आफु चिन्तित भएको वताए । हालैमात्र जीपी कोईराला अस्पताललाई पनि कोभिड उपचारको लागी सरकारवाट ठुलो रकम विनिजोजन भएको वताउनुहुदै यो महामारीलाई सवै मिलेर परास्त गर्नुपर्ने वताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर, सर्तक भएर नै यो रोग सँग लड्न सकिन्छ, यसका लागी सवैले आफनो आफनो ठाँउवाट सजगता अपनाउनुपर्दछ, सासंद श्रेष्ठले वताउनुभयो । अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीले सासंद श्रेष्ठ जनताप्रतिको उत्तरदायित्व वहन गरेको वताए । सासंद श्रेष्ठको भुमिकाले सिगो स्वास्थ्य क्षेत्रलाई नै सकारात्मक सन्देश दिएको छ भने संक्रमितको मनोवल वढाएको छ । यो अत्यन्त सकारात्मक काम हो, अध्यक्ष अधिकारीले भन्नुभयो ।
पुरनडिही अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका डा. सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, वन्दिपुर अस्पतालको हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष पुर्ण सिंह थापा, उपाध्यक्ष करुणा गुरुङ्ग, डा, मनिष श्रेष्ठ लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष पुर्णसिंह थापाले सासंद श्रेष्ठको जनउत्तरदायी कामले जनतालाई खुशी मिलेको वताउनुभयो ।