Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

क्यान्सर पिडित भिकुमारी सुनारलाई आर्थिक सहयोग 

क्यान्सर पिडित भिकुमारी सुनारलाई आर्थिक सहयोग 

images
क्यान्सर पिडित भिकुमारी सुनारलाई आर्थिक सहयोग 
images

कालिका, २ जेठ । आर्थिक अभावका कारण समस्या भोग्दै आएकी भिमकुमारी सुनारको स्वास्थ्य  उपचारका लागि आर्थिक सहयोग गरिएको छ । पदमपुर विलिभर्स इष्र्टन चर्चको पहलमा ८९ हजार रुपैयाँ आर्थिक संकलन भएको थियो ।

चर्चका सम्पूर्ण विश्वासी, अगुवा, पास्टरसँगै  विलिभर्स इष्र्टन चर्च चितवन एरिया नं. १ का सम्पूर्ण पास्टर र स्थानीयवाट संकलन भएको रकम विरामीको आफन्तलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।   

IMG_1793.jpg

पदमपुर विलिभर्स चर्चका फादर इच्छा सुनुवार, कालिका नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लिलावहादुर गुरुङले संयुक्त रुपमा संकलित रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका हुन । कालिका वडा नं. १ की भीमकुमारी सुनार २०७७ सालदेखि क्यान्सर पीडित भएकी छिन् ।

भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेपछि पदमपुर विलिभर्स इष्र्टन चर्चको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो । 

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - २२:३८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology