Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बागमति प्रदेश सरकारको लगानीमा जलविरे स्थित लामो झरना प्रवेशद्वारमा स्वागत गेट निर्माण

बागमति प्रदेश सरकारको लगानीमा जलविरे स्थित लामो झरना प्रवेशद्वारमा स्वागत गेट निर्माण

चित्र बहादुर गुरुङ

४, कार्तिक २०७७
बागमति प्रदेश सरकारको लगानीमा जलविरे स्थित लामो झरना प्रवेशद्वारमा स्वागत गेट निर्माण

जलविरे, ४ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे स्थित लामो झरना प्रवेश गर्ने प्रवेशद्वारमा स्वागत गेट निर्माण भएको छ। बागमति प्रदेश सरकारको लगानीमा स्वागत गेट निर्माण भएको हो।
बागमति प्रदेश सरकारले पर्यटन आयोजना कार्यालय हेटौंडा मार्फत आर्थिक वर्ष २०७६÷०७७ मा २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि गेट निर्माण गरिएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिनुभयो। गेट निर्माणका लागि बागमति प्रदेश सरकारले आर्थिकका साथ साथै प्राविधिक सहयोग पनि उपलब्ध गराएको उहाँले बताउनुभयो।
चितवनको इच्छाकामना गाउँपालिका ६ मा पर्ने लामो झरना जिल्ला कै प्रमुख पर्यटकीय स्थल मध्यमा पर्ने गर्छ। यो झरना अवलोकनका लागि वर्षेनी हज्जारौ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छ। यस्तै झरना अवलोकनका लागि आउनेसँग प्रवेश शुल्क वापत मात्रै गाउँपालिकाले वार्षिक १५ लाख भन्दा बढि आम्दानी गर्ने गर्छ।

images

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - २०:०७:११ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology