Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोभिड प्रभावः भोलीदेखि मनकामना केवलकार बन्द

कोभिड प्रभावः भोलीदेखि मनकामना केवलकार बन्द

इच्छाकामना न्युज

१५, बैशाख २०७८
कोभिड प्रभावः भोलीदेखि मनकामना केवलकार बन्द
images

कुरिनटार, १५ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित मनकामना केवलकार भोली देखि बन्द हुने भएको छ । 

images
images

मनकामना दर्शन प्रा. लि. केवलकार चेरेसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इच्छाकामना गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ रोकथाम र नियन्त्रण सम्बन्धी गाउँपालिका र सरोकारवालाहरु बिचको छलफल पश्चात भोलीबाट अर्को सूचना नआउन्जेलसम्म लागि केबलकार बन्द गरिने इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।

हिजो मात्र एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्र्याक ट्रेसिङ्गको आधारमा केहि कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गर्दा थप ३ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि केबलकार बन्द हुने भएको हो ।

बैशाख १७ गते देखि अत्याबश्यक बाहेकको सेवा बन्द गर्ने तयारी गरेको मनकामना केवुलकारले सम्पुर्ण कर्मचारीहरूको स्वाब परीक्षणको लागी चितवन मेडिकल कलेज, भरतपुरबाट स्वाब संकलनको लागी चिकित्सकहरू बोलाएको कारण माथिल्लो स्टेशनमा कार्यरत कर्मचारीहरूको पनि स्वाब परीक्षण गरिने भएकोले आज १५ गते र भोलि १६ गते कर्मचारीहरूको स्वाब परीक्षणको लागी केवुलकार सञ्चालन गरिने नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । 

उक्त अवधिमा स्थानीय यात्रुहरूलाइ मात्र भने सेवा दिइने समेत बताउनु भयो ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - १६:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology