Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बीमा रकम भुक्तानिमा ढिलाई, आफ्नै कोषबाट रकम भुक्तानी गर्न बीमा कम्पनीलाई सरकारको आग्रह

बीमा रकम भुक्तानिमा ढिलाई, आफ्नै कोषबाट रकम भुक्तानी गर्न बीमा कम्पनीलाई सरकारको आग्रह

सिआईएन

१५, बैशाख २०७८
बीमा रकम भुक्तानिमा ढिलाई, आफ्नै कोषबाट रकम भुक्तानी गर्न बीमा कम्पनीलाई सरकारको आग्रह
images

सुसिला श्रेष्ठ, काठमाडौं, १५ बैशाख । सङ्क्रमण फैलिन थालेपछि गतवर्षको वैशाखमा बीमा समितिले कोरोना स्वास्थ्य बीमा निर्देशिका जारी गर्दै कोरोना बीमा सुरु गरेको थियो । त्यसै अनुसार बीमा गरेकाहरुले आवश्यक कागजात पु¥याएर भुक्तानी गरेपनि महिनौ देखि बीमा रकम पाउन सकेका छैनन् ।

images
images

काठमाडौं नक्सालका अनिता कुमारी घिमिरेलाई सात महिना अघि कोरोना सङ्क्रमण भएको थियो । गत साउनमै कोरोना बीमा गर्नुभएका उहाँले सङ्क्रमण भईसकेपछि सबै प्रक्रिया पूरा गरेर बीमा भुक्तानी दावी गर्नुभयो । तर उहाँले कोरोना बीमा बापतको रकम अझै पाउनुभएको छैन ।

बेलका नगरपालिका उदयपुरका जानुका कार्की नगरपालीका कै मनोविमर्शकर्ता हुनुहुन्छ । कोरोना सङ्क्रमण फैलिरहेका बेला क्वारेन्टिनमा र आइसोलेसनमा रहेका सङ्क्रमितलाई भेटेर मनोपरामर्श सेवा प्रदान गर्दै गर्दा उहाँ पनि सङ्क्रमित बन्नुभयो । उहाँले पनि गत असोजमै कोरोना बीमा रकम भुक्तानीको लागि कागतजात पेश गरिसक्नु भयो तर अहिले सम्म रकम पाउनु भएको छैन ।

काठमाडौं उपत्यका प्रशारण मञ्च काठमाडौंले उपत्यकामा सञ्चालित सबै रेडियोका १०/१० जनाको कोरोना बीमा गरेको थियो । ३६ जना कोरोना सङ्क्रमित भएकोमा १२ जनाले मात्रै बीमा रकम पाएका छन् ।

बीमा समिति नेपालको चैत्र महिनासम्मको तथ्याङ्क अनुसार कोरोना बीमा रकम दावी गर्नेहरु मध्ये ९१ हजार ६ सय ७३ जनाको आवश्यक कागजात पुगेको छ । जसमध्य ६० हजार ५ सय ८७ जनाको लागि ५ अर्ब ८५ करोड १५ लाख बराबरको रकम भुक्तानी गरिएको छ ।

कागजात पुरा भएर पनि ३१ हजार बढिको रकम भुक्तानीमा किन ढिलाई भईरहेकोबारे बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा गर्ने कम्पनीले बीमाको रकम भुक्तानि गर्ने भन्दै केही ढिलाई भएको बताउनुभयो ।

उहाँले आफ्नै कोषबाट भएपनि बीमाको रकम भुक्तानि गर्न बीमा कम्पनीलाई भनेको र सरकारबाट बजेट आएपछि रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।

सरकारले बीमा कम्पनीसँगको सम्झौता अनुसारको रकम नदिएका कारण कोरोना बीमाको रकम भुक्तानीमा ढिलाई भईरहेको कम्पनीहरु बताएका छन् । 

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०९:२२:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology