Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्वसाधारणको ८० करोड ठगेर फरार भएका गुडबिल सहकारी ललितपुरका संचालक श्रेष्ठ चितवनबाट पक्राउ

सर्वसाधारणको ८० करोड ठगेर फरार भएका गुडबिल सहकारी ललितपुरका संचालक श्रेष्ठ चितवनबाट पक्राउ

इच्छाकामना न्युज

२२, चैत्र २०७७
सर्वसाधारणको ८० करोड ठगेर फरार भएका गुडबिल सहकारी ललितपुरका संचालक श्रेष्ठ चितवनबाट पक्राउ
images

चितवन, २२ चैत । झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपसहित किटानी जाहेरी परेको ललितपुरको कुमारीपाटीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले चितवन, भरतपुरबाट समातेर जाउलाखेल ल्याएको छ ।

images
images

परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ । श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २२:२७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology