Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका सुन्तला कृषक राम प्रसाद बोहोरा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७७’ बाट सम्मानित

इच्छाकामनाका सुन्तला कृषक राम प्रसाद बोहोरा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७७’ बाट सम्मानित

इच्छाकामना न्युज

३०, आश्विन २०७७
इच्छाकामनाका सुन्तला कृषक राम प्रसाद बोहोरा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७७’ बाट सम्मानित
images

चितवन, ३० असोज । चितवनको इच्छाकामना गाउँपालिकाका सुन्तला कृषक राम प्रसाद जैसी बोहोरा  ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७७’ बाट सम्मानित भएको छ। ४० औं विश्व खाद्य दिवसको अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा बोहोरालाई कृषि ज्ञान केन्द्र चितवनले उक्त पुरस्कारबाट सम्मानित गरेको हो। 
कार्यक्रमका प्रमुख अतिथि एवं बागमति प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषक बोहोरालाई नगद १० हजार र सम्मान पत्रले सम्मानित गर्नुभयो।

images
images

121834462_412553993069283_773383086054219147_n.jpg
इच्छाकामना गाउँपालिका वडा नं. ५ तामिन निवासी कृषक बोहोराको एकिकृत सुन्दर कृषि फार्म रहेको छ। कृषक बोहोराले वर्षेनी आफ्नो फर्मबाट लाखौको सुन्तला उत्पादन गरि बिक्री गर्ने गरेको छ। उनको अहिले पनि ३ विगाहा जग्गामा झण्डै ८ सय भन्दा बढि बोट सुन्तला रहेको छ। 
 ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७७’ बाट सम्मानित भएपछि छोटो प्रतिक्रिया दिदै पुरस्कारले आफुलाई कृषि कर्म गर्न थप हौसला प्रदान गरेको कृषक बोहोराले बताउनुभयो। आगामी दिनमा आफ्नो फर्मको सुन्तला खेती थप विस्तार गरी ५ विगाहामा झण्डै १ हजार ५ सय बोट सुन्तला पु¥याउने लक्ष्य लिएको उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १५:४४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology