Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अब विदेशबाट आउने पर्यटकले क्वारेन्टाईनमा बस्न नपर्ने

अब विदेशबाट आउने पर्यटकले क्वारेन्टाईनमा बस्न नपर्ने

इच्छाकामना न्युज

६, चैत्र २०७७
अब विदेशबाट आउने पर्यटकले क्वारेन्टाईनमा बस्न नपर्ने
images

काठमाडौँ, ६ चैत । विदेशबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था सरकारले हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा बस्नुनपर्ने निणर्य गरेको हो ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाइएको बताए । नेपाली पर्यटन व्यवसायीले क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाले विदेशी पर्यटकहरु आउन नमान्ने गरेको गुनासो गर्दै त्यस्तो व्यवस्था हटाउन माग गर्दे आएका थिए । यसअघि विदेशबाट आउने पर्यटकले अनिवार्य रुपमा कम्तीमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो ।

यस्तै, पर्यटकको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने निणर्यसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १४:५९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology