Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतको ओडिसामा मन्दिरमा विहे अनि कुकुरलाई भोज

भारतको ओडिसामा मन्दिरमा विहे अनि कुकुरलाई भोज

एजेन्सी

२८, आश्विन २०७७
भारतको ओडिसामा मन्दिरमा विहे अनि कुकुरलाई भोज
images

एजेन्सी । धुमधामका साथ विहे गरेर भोज खुवाउने प्रचलन सम्भवतः सबै जात र समुदायको पहिलो प्रार्थमिकतामा पर्छ ।

images
images

धेरै भन्दा धेरै आफन्तजन, साथी भाई र अन्य शुभचिन्तकहरुलाई निम्त्याएर स्वादिष्ट परिकारसहितको भोज खुवाउने चलन हाम्रो नेपाली समाजमा पनि छ । तर विहेको भोजमा आफन्त, साथी भाई र अन्य शुभचिन्तकहरुलाई बोलाउनुको सट्टा पशुलाई मात्रै बोलाइयो भने कस्तो होला ? यसमा तपाँइको प्रतिक्रिया कस्तो हुन्छ ?

तपाँई आफ्नो विचार बनाउँदै गर्नुहोस । तर भारतका ओडिसामा भने यस्तै रमाइलो संयोग देख्न पाइएको छ । त्यहाँ एक जेडीले विहे गरेर ५ सय वटा कुकुरहरुलाई भोज खुवाएका छन ।

ओडिसाको भुवनेश्वर निवासी युरेका आप्टा र जोना वांगले स्थानीय मन्दिरमा साधारण तवरले विहे गरेपछि ५ सय कुकुहरुलाई भोज खुवाएका हुन ।

पेशाले विमान चालक हुँदै फिल्म निर्माता बन्न पुगेका युरेका आप्टा र दन्त चिकित्सक जोना वांगले ३ बर्षअघि देखिको प्रेम सम्बन्धलाई साकार रुप दिन यस खालको विहे गरेका हुन ।

उनीहरुले मन्दिरमा विहे गरे पश्चात स्थानीय पशु संरक्षण क्षेत्रमा काम गर्ने संस्था पशु कल्याण ट्रस्टसंग मिलेर ५ सय वटा कुकुरहरुलाई भोज खुवाएका हुन ।

युरेका र जोनाबीच प्रेम सम्बन्ध सुरु हुने बेलामै अर्थात आजभन्दा ३ बर्ष अघि नै आफ्नो विहेमा कुकुरलाई भोज खुवाउने निर्णय भएको थियो ।

कुकुरहरुलाई भोज खुवाएर मात्रै नवविवाहित जोडीको चित्त बुझेन । उनीहरुले पशु कल्याण ट्रस्टलाई यस क्षेत्रमा अझै राम्रो काम गर्न भन्दै केही धनराशि पनि दान गरे ।

२५ सेप्टेम्बरमा सम्पन्न भएको यो विवाह र विवाहपछिको भोजको सन्दर्भ सामाजिक सञ्जालमा भाइरल बनेको एनडिटिभीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - ०९:१९:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology