Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

हुथीद्वारा यमनको राष्ट्रपति भवनमा भीषण हमला, ५ जनाको मृत्यु 

हुथीद्वारा यमनको राष्ट्रपति भवनमा भीषण हमला, ५ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

३०, आश्विन २०८३
हुथीद्वारा यमनको राष्ट्रपति भवनमा भीषण हमला, ५ जनाको मृत्यु 
images

काठमाडौं।इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई निसाना बनाएर पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। 

सीएनएनका अनुसार अदेन यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी हो। आक्रमणमा प्रधानमन्त्री साया अल–जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको छ।


यमनको स्वास्थ्य मन्त्रालयका अनुसार, मिसाइल र ड्रोनमार्फत गरिएको हमलामा १६ जना घाइते भएका छन्। उता हुथी विद्रोहीले भने आफूहरूले दरबार परिसरभित्र रहेको साउदी सैन्य अभियान केन्द्रलाई निसाना बनाइएको दाबी गरेको छ। 

यमनका स्वास्थ्य मन्त्री कासिम मोहम्मद बुहाइबेहले मारिएकाहरूमा सुरक्षाकर्मीका साथै सरकारी परिसरमा काम गर्ने कर्मचारी पनि छन्। यो परिसर प्रधानमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरूको मुख्य कार्यस्थल हो। आक्रमणका बेला प्रधानमन्त्री साया मोहसेन अल–जिन्दानीसहित धेरै जना मन्त्री राष्ट्रपति भवन परिसरमै थिएस यद्यपि सबै जना सुरक्षित छन्।

यो हमला यमन सरकारविरुद्ध भएका सबैभन्दा ठुला आक्रमणमध्ये एक हो। यो आक्रमण यम सरकारले यसै महिनाको सुरुमा हुथीविरुद्ध ’यमेन्स डन’ नामक नयाँ सैन्य अभियान सुरु गरेका बेला भएको हो। हुथी विद्रोहीले सन् २०१४ मा यमनको आधिकारिक राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारले अदेनलाई आफ्नो राजधानी बनाएको हो।  

त्यही बेलादेखि साउदी अरबले आफ्नो दक्षिणी सीमामा जारी द्वन्द्व सीमित राख्न हुथी विद्रोहीविरुद्धको लडाइँमा यमन सरकारलाई सहयोग गरिरहेको हो। हुथीले बिहीबारको आक्रमण साउदी सैन्य अखडा रहेका जुनसुकै स्थानलाई निसाना बनाउने आफ्नो घोषित रणनीतिकै एक भाग भएको दाबी गरेको छ।

उसको विज्ञप्तिमा भनिएको छ, ‘अदेनमा रहेको साउदी शत्रुको युद्ध सञ्चालन मुख्यालयमा गरिएको गोलाबारी–साउदी सैन्य उपस्थिति रहेका जुनसुकै ठाउँलाई निसाना बनाउने र साउदी शत्रुको कुनै पनि सैन्य उपस्थितिलाई हाम्रा फौजका लागि वैध लक्ष्य मान्ने घोषित रणनीतिको एक हिस्सा हो।’ यमन सरकारले भने अहिलेसम्म प्रहार गरिएका क्षेप्यास्त्रको प्रकार वा दरबार परिसरमा भएको क्षतिबारे तत्काल थप जानकारी दिएको छैन।

images
प्रकाशित मिति :आश्विन ३०, २०८३ शुक्रवार - १२:०९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology