Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

इच्छाकामना सहित चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

इच्छाकामना सहित चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रासस

९, चैत्र २०८२
इच्छाकामना सहित चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै
images

चितवन । यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख ५० हजार बाख्रालाई सो खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको जनाइएको छ ।

images
images

पशुसेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उहाँले भन्नुभयो, “रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न गारो हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिन्छ । ”

प्रमुख डा न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिन्छ र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताउनुभयो । कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग विरुद्धको खोप दिइँदै आएको छ । यसको रोगी बाख्राको जुत्तोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँशुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङ्क्रमण पैmलिने हुन्छ । यसका साथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट सङ्क्रमित भई सङक्रमण पैmलिने हुन्छ ।

व्यवसायीक रुपमा बाख्रापालन गर्ने किसानले जैविक सुरक्षाको विधि अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो । यस रोगबाट बाँच्न रोगी बाख्राको शरीरबाट निस्कने आँशु, सिँगान र मलमूत्रमा यस रोगका विषाणु प्रसस्त मात्रामा रहेका हुन्छन् त्यसैले रोगको सङ्क्रमण पैmलिन नदिन रोगी बाख्रालाई बथानबाट अलग्गै राख्नुपर्ने उहाँले बताउनुभयो ।

पिपिआर रोगले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान जलाउनु वा गाड्ने गर्नुपर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।

गोठमा नयाँ बाख्रा ल्याउनुपर्ने भएमा यस रोगविरुद्ध खोप लगाएर मात्र ल्याउनुपर्दछ । तीन हप्तासम्म अलग्गै राखी पिपिआर विरुद्ध खोप लगाएर मात्र बथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :चैत्र ९, २०८२ सोमवार - १०:१५:१७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology