Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एमालेको हारपछि गोकुलको गुनासो ‘लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ’

एमालेको हारपछि गोकुलको गुनासो ‘लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ’

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८२
एमालेको हारपछि गोकुलको गुनासो ‘लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ’
images

काठमाडौँ / प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको नेकपा एमालेको वर्तमान अवस्थाबारे नेकपाका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत रोचक टिप्पणी गरेका छन् । 

बास्कोटाले आफ्नो टिप्पणीमा पार्टीको कमजोर स्थिति र आगामी राजनीतिक चुनौतीहरूलाई व्यंग्यात्मक शैलीमा उजागर गरेका छन्, जसले राजनीतिक विश्लेषक र जनता दुवैको ध्यान आकर्षित गरेको छ । उनले निर्वाचन नतिजाप्रति आलोचना मात्र नभई भविष्यमा पार्टीले सामना गर्नुपर्ने चुनौतीको संकेत समेत गरेका छन् ।  

उनले पार्टी जीवनका उकाली ओरालीलाई फर्केर हेर्दा अब गम्भीर समीक्षा, पुनर्संरचना र सुधारको खाँचो रहेको औँल्याएका छन् । 

विगतको नोस्टाल्जिक यादमा मात्रै अल्झिनु भन्दा पनि वर्तमान परिस्थितिको विश्लेषण गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । बास्कोटाले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे । 

तल्लो तहसम्म बलियो हुनुपर्ने संगठन माथि मात्रै भारी भएको उनको सङ्केत छ । आफूहरू जनतामा लोकप्रिय छौँ भन्ने भ्रममा रहे पनि वास्तवमा नेताको मात्रै प्रिय बनेको भन्दै उनले नेतृत्व र कार्यकर्ताको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

समयको पदचापलाई पछ्याउन नसके र आफूलाई नसुधारे राजनीतिक रूपमा डायनोसर जस्तै लोप भइने खतरा रहेको बास्कोटाले स्वीकार गरेका छन् । उनले पार्टीलाई रि-भिजन, रि-थिङ्क र रि-स्ट्रक्चरिङ अर्थात् नयाँ दृष्टिकोण, नयाँ सोच र नयाँ संरचनाका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १०:४५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology