Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तनहुँ–१ मा दीपकराज जोशीको चुनावी कमान्ड : ५०१ सदस्यीय मूल समिति र ६१२ बुथ प्रतिनिधि परिचालन

तनहुँ–१ मा दीपकराज जोशीको चुनावी कमान्ड : ५०१ सदस्यीय मूल समिति र ६१२ बुथ प्रतिनिधि परिचालन

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
तनहुँ–१ मा दीपकराज जोशीको चुनावी कमान्ड : ५०१ सदस्यीय मूल समिति र ६१२ बुथ प्रतिनिधि परिचालन
images
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको पक्षमा चुनावी माहोल निर्माण गर्न ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गरिएको थियो। अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउने रणनीति अन्तर्गत गठित यो समितिले क्षेत्रगत परिचालन र रणनीति निर्माणको कमान्ड सम्हालेको छ। संगठनलाई गाउँ र टोल तहसम्म पुर्‍याउन क्षेत्रका १५३ वटै मतदान केन्द्रमा प्रति केन्द्र ४ जनाका दरले कुल ६१२ जना थप प्रतिनिधिहरू परिचालन गरिएको छ। 
 
यी प्रतिनिधिहरूले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने, चुनाव चिन्ह कैँची मा मतदान गर्ने तरिका सिकाउने र मतदाता शिक्षालाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्। मतदानको दिन मतदातालाई सहज रूपमा केन्द्रसम्म पुग्न सहयोग गर्ने र प्रत्येक मत सुरक्षित गर्ने उद्देश्यका साथ "परिवर्तनका लागि कैँची" भन्ने सन्देश बोकेर अहिले अभियान घर-घरमा पुगेको छ।
 
हाम्रो मुख्य उद्देश्य मतदातालाई सचेत र उत्साहित बनाउँदै प्रत्येक मत सुरक्षित गर्नु हो। व्यवस्थित संरचना र जनताको अभूतपूर्व विश्वासले यसपटक तनहुँ-१ मा परिवर्तन सुनिश्चित छ, अभियानका एक सदस्यले बताए।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - ११:३९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology