Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनीको मनकामना माई सहकारीको बार्षिक उत्सवमा भाँगेको छिम्केश्वरी माविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण 

आँबुखैरेनीको मनकामना माई सहकारीको बार्षिक उत्सवमा भाँगेको छिम्केश्वरी माविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण 

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
आँबुखैरेनीको मनकामना माई सहकारीको बार्षिक उत्सवमा भाँगेको छिम्केश्वरी माविका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण 

आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छिम्केश्वरी माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । छिम्केश्वरी माध्यमिक विद्यालय आँबुखैरेनी–४ भाँगेको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी संस्थाको १५ औं बार्षिक उत्सवको अवसर पारेर सो विद्यालयका २ सय जना विद्यार्थीहरुलाई शैंक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ । 

images

2.jpg

शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम, पेन्सिल, ईरेजर, चार्ट (वर्णमाला) र खेलकुद सामाग्री अन्तर्गत ३ वटा भलिबल, १ वटा नेट, १० वटा डस्बीन वितरण गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।  शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुलनारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

1.jpg

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - २०:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology