Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अदालतले हिउँ वर्षायो, अब जनमतका लागि बाटो तताए हुन्छ : गोकुल बास्कोटा

अदालतले हिउँ वर्षायो, अब जनमतका लागि बाटो तताए हुन्छ : गोकुल बास्कोटा

images

इच्छाकामना न्युज

२१, माघ २०८२
अदालतले हिउँ वर्षायो, अब जनमतका लागि बाटो तताए हुन्छ : गोकुल बास्कोटा
images

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वोच्च अदालतको पछिल्लो भूमिका र राजनीतिक दलहरूबीचको चुनावी गठबन्धनको प्रयासमाथि तीखो व्यंग्य प्रहार गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै नेता बास्कोटाले अदालतको पछिल्लो शैलीलाई ‘हिउँ वर्षाएको’ संज्ञा दिँदै अबको विकल्प जनमत नै भएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको चर्चा र अदालतको गतिविधिलाई लक्षित गर्दै बास्कोटाले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ । अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’ बास्कोटाको यो टिप्पणीले संसद्को आयुभन्दा पनि जनताको ताजा जनादेश नै राजनीतिक निकासको सही मार्ग भएको एमालेको संस्थापन पक्षीय अडानलाई प्रतिबिम्बित गरेको छ ।

आफ्नो स्वभावजन्य तार्किक र व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका बास्कोटाले निर्वाचनको मुखमा हुन लागेको दलहरूको गठबन्धनप्रति पनि कटाक्ष गरेका छन् । नेताहरू मिल्दैमा जनताको मन मिल्छ भन्ने भ्रममा नपर्न उनले चेतावनी दिएका छन् । ‘गठबन्धन नेताको हुन्छ, तर मनबन्धन जनताको हुन्छ,’ बास्कोटाले चुनावी गणित र जनभावनाको भिन्नता केलाउँदै अगाडि लेखेका छन्, ‘गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ ।’

images
प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - ०९:५५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology