Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

६ महिनामा २० करोडमाथिको ३३ लाख हाराहारी सिम कार्ड आयात, सबैभन्दा धेरै चीनबाट

६ महिनामा २० करोडमाथिको ३३ लाख हाराहारी सिम कार्ड आयात, सबैभन्दा धेरै चीनबाट

इच्छाकामना न्युज

१९, माघ २०८२
६ महिनामा २० करोडमाथिको ३३ लाख हाराहारी सिम कार्ड आयात, सबैभन्दा धेरै चीनबाट

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्म ३२ लाख ८२ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

images

भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २० करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले ५ करोड ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, कुवेत, कतार, बेलायत, मेक्सिको, अमेरिका र डेनमार्क गरी विश्वका ९ देशबाट आएको देखिन्छ।

पुससम्म सबैभन्दा बढी अर्थात् ३२ लाख २ हजार ५३५ थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य २० करोड ४७ लाख ४९ हजार परेको छ।

यसैगरी मेक्सिकोबाट ५ लाख ८ हजार बराबरको ५० हजार थान तथा बेलायतबाट ६ लाख २२ हजार बराबरको २० हजार २ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।

अष्ट्रेलियाबाट १ लाख ६० हजार बराबरको १० हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आएको छ। अमेरिकाबाट ८ हजारबाट २ थान कतारबाट २ र कुवेत तथा डेनमार्कबाट समान १-१ थान सिम कार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन।

यस्तो छ विवरण

क्र. सं. देश परिमाण रकम हजारमा
अस्ट्रेलिया १०००० १६०
चीन ३२०२५३५ २०४७४९
डेनमार्क
जापान ५०
कुवेत
मेक्सिको ५०००० ५०८
कतार
बेलायत २०००२ ६२२
अमेरिका

images
प्रकाशित मिति :माघ १९, २०८२ सोमवार - ०८:२३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology