Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

हिन्दुधर्म सम्बन्धी विवादित भिडियो ‘भाइरल’ भएपछि स्वर्णिम वाग्लेको स्पष्टिकरण

हिन्दुधर्म सम्बन्धी विवादित भिडियो ‘भाइरल’ भएपछि स्वर्णिम वाग्लेको स्पष्टिकरण

images

इच्छाकामना न्युज

१८, माघ २०८२
हिन्दुधर्म सम्बन्धी विवादित भिडियो ‘भाइरल’ भएपछि स्वर्णिम वाग्लेको स्पष्टिकरण
images

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले सनातन सभ्यताको बारेमा पार्टीको धारणा स्पष्ट हुँदाहुँदै पनि विपक्षीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । रास्वपा सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको उनले बताए ।

वाग्लेले ‘हिन्दुधर्म र राजतन्त्र चाहिनेहरु आफ्नो पार्टी छोडेर गए हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सन्जालमा ‘भाइरल’ हुन थालेपछि आत्तिएका वाग्लेले सामाजिक सन्जालमै स्पष्टिकरण दिएका छन् । उनले भनेका छन् ‘हाम्रो धारणा अत्यन्त स्पष्ट छ, हामी सनातन सभ्यताको रक्षक हौं,’ उनले भने, ‘हामी उदार, सहिष्णु तथा बहुलवादी समाजको कवच हौं ।’

वाग्लेले सनातन सभ्यता र उन्नत लोकतन्त्रलाई सँगसँगै अघि बढाउने रास्वपाको दृष्टिकोण रहेको उल्लेख गर्दै त्यसबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजिनु अनुचित भएको बताए । उनका अनुसार लोकतान्त्रिक मूल्य, सामाजिक सहिष्णुता र बहुलवाद नेपालको समाजको आधार हुन् र रास्वपा तिनको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध छ ।

केही समय अघि पार्टीको एक कार्यक्रममा वाग्लेले हिन्दु धर्म र राजतन्त्र चाहानेहरु पार्टी छाडेर गए हुने भन्ने खालको अभिव्यक्ति दिएका थिए । वाग्लेको सो भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भएको छ । उक्त भिडियो सार्वजानिक भएसँगै हिन्दुधर्म गुरुहरुले हिन्दु धर्म विरोधी वाग्लेलाई भोट नहाल्न सार्वजानिक अपिल नै गरेका छन् ।

images
प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - ०९:२६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology