Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार

तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार

images
तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार
images

अमरराज नहर्की, तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वाग्लेलाई उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला सभापति विश्व वास्तोलाले जानकारी दिनुभयो ।

अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहनुभएका डा. वाग्ले पछिल्लो समय वैकल्पिक राजनीतिक धारका सशक्त प्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ । सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई मूल एजेन्डा बनाउँदै रास्वपाले अनुभवी तथा विज्ञ व्यक्तिलाई उम्मेदवार बनाइएको जनाएको छ ।

यसअघि डा. वाग्ले तनहुँ–१ बाट भएको उपनिर्वाचनमा विजयी बन्नु भएको थियो । तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा डा. वाग्लेले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:०८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology