Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पुनः आन्दोलित इमेज सहकारीपीडित

पुनः आन्दोलित इमेज सहकारीपीडित

इच्छाकामना न्युज

१, मंसिर २०८२
पुनः आन्दोलित इमेज सहकारीपीडित
images

बागलुङ (गलकोट) । बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् ।

images
images

इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । इमेज सहकारीपीडित र देवकुमार नेपालीबिच बचत फिर्ता गर्ने सहमति हुनेक्रममा बिचमा सहकारी माफिया र लुटेराको प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकाले उनीहरुको भण्डफोर गर्नका लागि आन्दोलित भएको इमेजपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।

“देवकुमार नेपालीले आफ्नो चलन अचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए, घर जग्गा कसै न कसैले त लिनप¥यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो” कार्कीले भन्नुभयो “ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले अर्को एक जना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफुहरुले फिर्ता गर्नेगरी हामीहरुको समेत उपस्थितिमा देवकुमारसँग कागज गरेका थिए, अहिले बचतकर्तालाई रकम फिर्ता गर्ने बेलामा भागेर अमेरिका पुगेका छन् ।”

झण्डै ७० करोडको सम्पत्ति २२ करोडमा सकारेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिइ दुःख दिएको कार्कीको भनाइ छ । बागलुङमा एक हजार पाँच सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता नपाएको उहाँले बताउनभुयो । भागेर अमेरिका पुगेपछि मैले बैंकबाट सकारेको हो मैले किन तिर्ने भन्ने गरेको र उल्टो पीडितले बन्द गराएको घरको क्षतिपूर्ति माग गर्दै पीडितलाई मुद्दा लगाउने काम भएको उहाँले बताउनुभयो । माफियाले दिएको दिएको पीडाका कारण अहिलेसम्म चार जना बचतकर्ताहरुले ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले ठुला व्यक्तिहरु नै सहकारी ठगीमा संलग्न भएको भन्दै कुनै पनि शर्तमा बचतकर्ताको रकम फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी पीडितको आन्दोलनमा आफ्नो ऐक्यवद्धता समेत जनाउनुभएको थियो । पीडितहरुले नाराबाजीसहित बागलुङ बजार परिक्रमा गरेका थिए ।

सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ति खाने माफियाहरु होसियार, घुसखोरी कर्मचारी मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले बागलुङ बजारको परिक्रमा गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:३०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology