Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

१० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

१० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

इच्छाकामना न्युज

३०, कार्तिक २०८२
१० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?
images

काठमाडौं। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार २० वटामध्ये १० वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्।

images
images

ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक र कुमारी बैंक रहेका छन्।

यीमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक एनआईसी एशिया रहेको छ। बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाउँदै मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ। एनआईसी एशियाले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि यसै अवधिमा घटाएको छ।

मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले प्रस्ताव गरेको छ। बैंकले अधिकतम ६ प्रतिशत ब्याज दिनेछ भने सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत तोकेको छ।

कर्जाको माग न्यून भएर प्रणालीमा निक्षेप थुप्रिएपछि बैंकहरुले प्रत्येक महिना ब्याजदर घटाउँदै आएका छन्। ब्याजदर एकल अंकमा आउँदा पनि कर्जाको माग बढ्न सकेको छैन्। चालू आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्यअनुसार झण्डै सात खर्ब रुपैयाँ कर्जा निजी क्षेत्रमा प्रवाह हुनुपर्छ। अहिले बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँ हारहारी अधिक तरलता रहेको छ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - ११:२३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology