Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आगजनीमा परेको इच्छाकामना गाउँपालिकाको २ गाडीको बिमा रकम हस्तान्तरण

आगजनीमा परेको इच्छाकामना गाउँपालिकाको २ गाडीको बिमा रकम हस्तान्तरण

इच्छाकामना न्युज

३०, कार्तिक २०८२
आगजनीमा परेको इच्छाकामना गाउँपालिकाको २ गाडीको बिमा रकम हस्तान्तरण
images

कुरिनटार । जेनजी आन्दोलनको क्रममा अराजक समूहले जलाएको २ वटा गाडीको बिमा बापतको रकम चितवनको इच्छाकामना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बिमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर ले शनिबार गाउँपालिकालाई बिमा बापतको रकम ३७ लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

images
images

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोनकारीहरुले  गाउँपालिकाको एक स्कर्पियो, एक बलेरो जीप र एक मारुती गाडी जलाएका थिए । पूर्ण रुपमा जलेको उक्त तीन गाडी मध्य २ वटा गाडीको पूर्ण बिमा रहेकोमा सोही गाडीको क्षतिपूर्ती स्वरुप बीमा रकम गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई चेक मार्फत हस्तान्तरण गरिएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाका प्रबन्धक कुमार उप्रेतीले बताए । चेक हस्तान्तरणको क्रममा यस बीमा कम्पनीले सहज ढंगले जतिसक्दो  छिटो बीमा वापतको रकम उपलब्ध गराउँदै सेवालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको पनि उनले बताए ।  

यस्तै बिमा रकम वापतको चेक ग्रहण गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले भष्ट्रचार अन्त्य  र सुशासनका लागि जेनजीहरुले पवित्र उद्देश्यका साथ गरेको आन्दोलनमा खराब प्रवृति भएका व्यक्ति समूहहरुले सरकारी सम्पतिको बिनास गरेको बताए। आन्दोलनपछि कार्यालयहरु ध्वस्त हुदाँ र केन्द्रबाट बजेट नआउँदा  विकास निर्माणका कामहरुमा बाधा पुगेको उनको भनाई छ । साथै उनले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बीमा वापतको रकम चाडैँ उपलब्ध गराएकोमा धन्यवाद दिए । 

चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती सहितको जनप्रतिनिधि र कर्मचारीहरुको उस्थिति रहेको थियो ।  

images
प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - ०९:३९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology