Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति

झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति

इच्छाकामना न्युज

२७, कार्तिक २०८२
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति
images

गोरखा । गत हप्ताको झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । लगातार परेको झरीले सो गाउँपालिकाका ९२० जना किसानको २३३० रोपनी खेतमा लगाइएको धानबालीमा क्षति गरेको गाउँपालिकाले जनाएको छ ।

images
images

गाउँपालिकाका अनुसार वडा नं. १ मा ४० किसानको १२० रोपनी, वडा नं. २ को १२० किसानको ३०५ रोपनी, वडा नं. ३ को १५० किसानको२५० रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ । 

त्यस्तै वडा नं. ४ को १०३ किसानको २६६ रोपनी, वडा नं. ५ को १२१ जना किसानको ४६९ रोपनी र वडा नं. ६ को १४१ किसानको ३६२ रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा झरीले क्षति पु¥याएको छ ।

त्यसैगरी वडा नं. ७ को ३० जना किसानको ७७ रोपनी, वडा नं. ८ का ५५ किसानका ११८ रोपनी, वडा नं. ९ को ९० जना किसानको २१३ रोपनी र वडा नं. १० का ७० किसानको १५० रोपनी क्षेत्रफलमा लगाइएको धानबाली भिजाएर क्षति गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - ०८:१६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology