Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

सहयात्री

सहयात्री

युवराज लामा

२२, फाल्गुण २०७७
सहयात्री

साँच्चै म आज अति रोमाञ्चित छु, खुशी छु । मेरो जीवनको अनवरत यात्रा भन फरक यात्रा, त्यही यात्राबाट टुसाएको प्रेम, जुन मेरो मानसपटल र हृदयमा अमीट छाप भएर बसेको छ । त्यसैलाई सम्झिएर छाती रुपी कापी माथि यी निर्जीव कलमलार्य मुक अक्षरद्वारा कोरिरहेको छु ।

images

विशेष म अफिसको कामले कहिले चितवन त कहिले काठमाण्डौं गइरहनुपथ्र्यो । यस्तै कामको सिलसिलामा काठमाण्डौं जानुपर्ने भयो । यात्रा सुरु भयो, माईक्रो बसको अन्तिम सिटबाट । सिटमा तीनजना थियौं तर केबुलकारको गेटबाट एकजना यात्रु थपियो । हेर्दैमा मृगनयनी, गोरी, छिनेको कम्मर, नागबेली केश... । उनी आएर मेरै छेऊमा बसिन् । चुल्बुले हृदय, लालयित नयन, आतुर अधर उनलाई हेर्न थाल्यो । उनको झुकेको नजर, काँपेको अधर र मृदुल मुस्कान देख्दा लोभिए मेरा मन । 

एकछिन त उनी बोल्छिन् कि भनेर कुरें, तर उनी एक नारी हुन् लाजरुपी घुम्टो ओढेकी, कसरी बोल्छिन् र अपरिचितसँग हामी पुरुष पो उग्र छौं, उनी त एकदम शान्त र धीरज । मैले नै पहिलो प्रश्न तेस्र्याएँ, ‘‘मनकामना दर्शन गरेर आउनुभएको हो ?’’ ‘‘हजुर’’ उनको उत्तर । ‘‘अनि हजुरको घर नि ?’’ फेरि अर्को झटारो हाने । 

‘‘ए, मेरो घर ! घर त पाँचथर, तर दिदीसँग काठमाण्डौंमा बसछु ।’’ पारिवारिक देखि पढाइ र जागिरका धेरै कुराहरु भए बाटामा । काठमाण्डौको न्युरोडमा एउटा सहकारीमा नोकरी गर्ने रहिछिन् उनी ।

मलाई त यो पहिलो भेटमा नै लाग्यो कि हामी दुई बीच वर्षौ पुरानो चिनाजानी छ, हामी एक अर्कालाई राम्रैसँग चिन्छौं । अफसोच्, यो कल्पनामै सीमित छ । मैले उनलाई जिस्किँदै मनकामना माइसँग के माग्नुभयो त ? भनेर सोधें । मागेको कुरा कहाँ अरुलाई सुनाउनु र ? हाँसेर टारिदिइन् उनले । झण्डै तीन घण्टाको यात्रामा हामीले एकआपसलाई धेरै नै नजिक बनाइसकेको थियौं । अनकनाउँदै मैले उनको नाम सोधें, ‘‘पारु’’ म, मिलेका सेता दन्त लहर देखाउँदै हाँसेर भनिन् । अनि उनले मेरो परिचय पनि मागिन् ।

‘‘म पारस, घर चाहिँ मुग्लिङ’’ तुरुन्ते जवाफ दिएँ । पारुले मेरो जन्मभूमि, घरपरिवार धेरै बारे सोधिन्, मैले पनि सहज उत्तर दिदै गएँ । मलाई लाग्यो, त्यो गाडीभित्र हामी दुई मात्र छौं, थाहा छैन त्यसदिन मलाई उनलाई मात्र हेरिरहुँ जस्तो लाग्यो । हेर्दा हेर्दै हातखुट्टा फतक्क गलेर आयो र पनि मेरा आँखाहरु अघाएनन् ।

कति छिटो समयले पनि डाँडा काटिसकेछ । हाम्रो यात्रा सकिसकेको रहेछ र हाम्रो झर्ने स्थान आइपुग्यो र पनि यो मन नझर्नको लागि जिद्दी गर्दै थियो, अझै यात्रा चाहन्थ्यो । उप्m ! समयको अगाडि मेरो के सामथ्र्य ? ओर्लिएर छुट्टिने बेला मेरा नजरहरु उनको नजरसँग मिलेर चार भए, नचाहँदा नचाहँदै हातहरु हलिन थाले बिदाइको संकेतमा र प्रण ग¥यौ यसरी नै कुनै दिन भेट्ने । मेरो उदासिन हृदय चिच्याउन थाल्यो, ‘‘प्यारी पारु ! जरुर तिमी मेरी भएर दुनियाँको अगाडि हिड्न पाउँछ्यौ, कहिले आउला त्यो दिन, तिमी भन्दा म नै लाख गुना उत्सुक छु ।’’

त्यसपछि उनका तस्वीरहरु नाँच्न थाले मेरा मानसपटलमा । मैले भोलिपल्ट उनलाई फोन गरें र उनकै प्रस्ताव अनुसार बौद्ध घुम्न गयौं । नजिकैको रेष्टुरेन्टमा सुप र थुक्पा खायौं । भोलिपल्ट म आफ्नो काम सकेर आफ्नो गन्तव्य स्थान तिर फर्कें, केवल भिजेको गाला, रोएको आँखा, धड्केको मुटु र काँपेको शरीर लिएर केही गुमाए झै, लडाइँमा हारेको सिपाही झैं ।

हुन त साँचो प्रेममा तड्पन हुन्छ भन्छन् तर पनि यो कस्तो प्रेम ? यसको लगत्तै एक हप्तापछि मेरो नाममा एउटा पत्र पाएँ । खुल्दुली र कौतुहलताले मनमा हलचल पैदा ग¥यो । खाना खाएर ओछ्यानमा सुत्दै आतुर भई पत्र खोलें । पत्र त उही मेरी माईक्रो बसकी सहयात्री ‘पारु’ ले पठाएकी रहिछिन् । अदृश्य माया र अविरल प्रेमले ओतप्रोत गरी लेखेका स्वर्णिम अक्षरहरुलार्य छातीमा टाँसे, कैयौ पटक चुम्बन गरें र पत्रलाई सिरानीमुनी हृदयलाई झैं तह लगाएर राखें । आखिर यो दुनियाँमा कोही त मेरो पनि रहेछ झैं लाग्यो । पत्र प्राप्तिको विराट् खुशी पश्चात् पत्रको प्रत्युत्तर कोर्न बसें । बिन बाजको धुनले सर्पलाई लठ्याए झैं कलमको टुप्पोलाई मीठो बनाएर मैले पनि प्रत्युत्तरमा तिमीलाई धेरै माया गर्छु, तिमी बिना मेरो जीवन अधुरो हुन्छ जस्ता मीठा मीठा प्रणय–प्रीतिका कुराहरु दर्शाएर पत्र लेखेर त्यसलाई मिलाई मिलाई पट्याएर खामभित्र बन्द गरें अनि प्रापकमा ‘पारु’ लेखेर पत्र मञ्जुषामा खसालें ।

यसरी पचात्रार हुँदाहुँदै झण्डै एक महिना उनीबाट कुनै सञ्चार, खोजखबर केही भएन । मलाई माया, स्नेह र प्यारका यति मीठा सौगातसँगै विरह र बेदना दिएर उनले के पाइन् त ? हैन पत्रमा त उनी मलाई औधी माया गर्ने कुरा लेख्छिन् त । म भित्र भित्रै खिइन थालें । केवल सहिरहें, मन कमजोर भएको बेलामा हृदय भित्रको ज्वालामुखी फुट्दो रहेछ । चोटको परिभाषा नहुँदो रहेछ, सुँक्सुकाउन थालें । सँुक्सुँकाउनु सिवाय के नै गर्न सक्थें र ? लाग्यो म आफ्नो आकांषबाट खसिसकेको छु, सडिसकेको छु, अब म मर्न चाहन्छु । शरीरको प्रत्येक अंगमा देखिएको निराशा, हैरानी, बेचैनी, थाकेको भाव, लवाइको लापरवाही नै मेरो अभिन्न साथी भइसकेको थियो । लाग्यो, एउटा दूरको यात्रीलाई सम्झेर यत्रो चिन्ता किन लिऊँ ? तर अफसोच् ! पारुलाई बिर्सन नसक्ने भएँ । कस्तो फसादमा परें म । 

जब जब म काठमाण्डौं जाने तरखरमा हुन्थें, उनकै मिलनको आशा लाग्थ्यो । बाँच्नलाई संघर्ष गर्दै जलेको दिल र अनिश्चितताको पोको बोकेर हतारिन्थें । एउटा पवित्र आशा, उमंग र उत्साहले लम्काइरहन्थ्यो मलाई । त्यतिबेला लाग्थ्यो, भगवान छदैछ नि, उनकै भरोसामा बाँचिरहेछु । भेटिएला नि कुनै दिन । कति दिन आँसुको नुनिलो झोल पिएर प्यास मेटाउने ? निराशाको शोला दिने विरह र बेदना खपेर कति दिन प्राण थाम्ने ? यसरी अनेकौ तर्कना लिएर भगवानको आरती गर्थें, प्रार्थना पनि गर्थें तर प्रार्थनाले क्षणिक शान्ति मात्र दिंदोरहेछ, वास्तविक सहारा होइन । यसरी क्षण–क्षणमा चोट–प्रतिचोट सहँदै क्षीण हुँदै गएको मेरो जीवन धमिराले खाएको काठजस्तै खोक्ला–खोक्ला भैसकेको थियो । जिउने आशा धेरै कम भए पनि बाँच्नलाई संघर्ष गर्न जातिसकेको थिएँ मैले ।

आज धेरै दिनपछि उनी याद आइन्, यादसँगै नौलो बसन्त बहादर बोकेर आएकी रहिछिन् । उनको विवाह हुँदैरहेछ, नयाँ दुलहीको पहिरनमा उनी एउटा धनाढ्य, शिक्षित, सुशील युवकसँग सुखद दाम्पत्य जीवन बिताउन जाँदैरहिछिन् । उनले यिनै शुभ सन्देशहरु सहित एउटा उही चिरपरिचित हस्तलिपी एवंम् पत्ररुपी सौगात साथमा रहेछ, बौद्धमा खिचिएको फोटो र विवाहको निमन्णा कार्ड । यो नै थियो, अन्तिम मिलन, अन्तिम भेट । पत्र पाउना साथ कति रोएँ, आँसुले आँखा नदेख्ने भए, चिठीका अक्षरहरु आँसुका थोपा खसेर फुल्लिए । मनलाई एकदमै धैर्य बनाएर, मनका बाँधहरु सँक्सुँकाहट र रोदनको सीमालाई रोकेर पत्र पढ्न थालें । रुँदै रुँदै, अविरल आँसु बहाउँदै पारुको हुन गइरहेको सफल दाम्पत्य जीवनको लागि मेरो नजिकैको माता श्री मनकामना माईसँगै उनको माथमा कुशल मंगल होस् र धूलो पनि नपरोस्, काँढा नबिझोस् भन्दै एकोहोरो हृदयलाई पत्रका अक्षर–अक्षरमा दौडाएँ, दौडाइरहें । 

मितिः २०७७।११।१०

प्रीय, ‘पारस’ !

सर्वप्रथम त म माफी चाहन्छु किनकी आसम्म म हराइरहें, तिमीबाट टाढा रहेर । यही फागुन २१ मा मेरो विवाह हुँदैछ, हिजो मात्र दिन पक्का भयो । यो सब कसरी भयो, मलाई नै थाहा छैन, रनभुल्लमा छु । जे होस् धैर्यले काम लिनु । यो सत्य हो कि तिमीबाट यतिका दिन हराएपनि म आफुलाई भन्दा पनि बढी तिमीलाई माया गर्थें, एकदिन तिम्रै हुनेछु झै लागेको थियो, सायद तिमीलाई पनि त्यस्तै.....।

हामीले कति सपना देखेका थियौं तर सब बेफजुल उप्m । दुर्भाग्य, मानिसले चाहँदैमा के हुँदोरहेछ र ? फेरि बाँच्न त जसरी पनि पर्छ नै मानिसले । यही सम्झेर मनलाई बुझाउनु, सान्त्वना दिनु । आमा बाबुको आज्ञा उल्लंघन गर्न सकिनँ, फेरि यो विवाहको विरोध गर्दा उहाँहरुको चित्त दुख्ला समाजले के भन्ला, यसले सताइरह्यो । उहाँहरुको निर्णयले नै मेरो जीवन पराई घरमा बलीको बोको झैं सुम्पन बाध्य भएँ । मलाई यो विश्वास छ कि हजुरले मेरो विवशता अवश्य पनि बुभ्mनेछौ, मलाई गलत सम्झ दिने छैनौ । फेरि प्रेम एउटा समर्पणको भावना हो, जो केवल स्वार्थ होइन, त्याग चाहन्छ । आाज हाम्रो प्यारले बलिदान मागिरहेछ, इन्कार अवश्य गर्दैनौ होला । फेरि मेरो दुःख, दर्द र भावनालार्य तिमीले नै सम्झिनेछौं । तिमीले पनि नसम्झे अरु कसले सम्झिदेला त ? मलाई पनि कम दुःख त छैन, तै पनि के गर्नु ? चुपचाप सहनुपर्ने रहेछ । मानिसहरु भन्छन्, ‘‘कहिलेकाही अरुको खुशीको लागि बाँच्नु नै जिन्दगी हो रे ।’’ अर्को कुरा तिमी कुनै असल नारीसँग विवाह गर । यो तिमीलार्य अन्तिम पत्र हो मेरो । अब हाम्रो गन्तव्य छुट्टाछुट्टै छ । बस्, यति भन्छु कि हिम्मत र धैर्यलाई साथ लिएर बाँच । बिदा चाहन्छु ।

तिम्रो हुन नसकेकी उही ‘पारु’

पत्र पाएपछि काफी दुःख लाग्यो । लाग्यो, टेकिराखेको धर्ती भाँसिदैछ । फेरि पत्र पढेर धीरज भएँ, शान्त भएँ । पारुको पत्रको एउटा कुरा याद आयो ‘‘अरुको खुशीको लागि बाँच्नु नै जिन्दगी हो’’ भने आपूmले आपूmलाई नै किन धोका नदिउँ र ? हृदय पीडाले पोलेर छट्पटिए पनि आफैलाई सान्त्वना दिदै अन्तिम पत्रको अन्तिम प्रत्युत्तर कोर्न थालें ।

मितिः २०७७।११।२०

प्रीय ‘पारु’

हामीले बौद्धमा सँगै घुम्दा मैले खिचिदिएको फोटो र विवाहको निमन्त्रणा कार्ड सहितको पत्र हिजो साँझ मात्र पाएँ । दुःख त अति नै लाग्यो, तर तिम्रो सोचाइ विचार र तिम्रो सम्झाउने तरिका मलाई ज्यादै राम्रो लाग्यो, मन प¥यो । बधाई छ, युगयुग खुशी संगालेर बाँच । बस् भगवानसँग मेरो यही प्रार्थना छ कि तिमी जुन घरमा जाँदैछौ, त्यहाँ सधै तिम्रो राज होस्, खुशी मिलोस् अनि अगाध प्यार मिलोस् । यही मेरो हार्दिक इच्छा छ । यो म जरुर भन्छु कि मैले तिमीलार्य प्यार भन्दा पनि बढी मानें । तिम्रो विचार अनि सहनशीलतालाई सधैं पूजा गरें, काशः तिमीलाई पाउन सकेको भए ... ।

जसरी तिमीले आफ्नो परिवारको कुरा नाघ्न सकेनौ त्यसरी नै म पनि तिम्रो भावनालाई ठेस लगाउन चाहन्न । किनकि अञ्जान मै तिमीलाई सच्चा प्यार गरिसकेको छु । साँचो प्रेम गर्नेहरु अरुको खुशीलाई नै आफ्नो खुशी सम्झने गर्छन् । मैले त तिमी बिना बाँच्ने कल्पना पनि गरेको थिइनँ, तर अब म तिम्रो खुशीको खातिर यो भिषण दुःख र बिछोड पनि हाँसी हाँसी सहनेछु ।

जहाँसम्म मेरो विवाहको कुरा छ, म वादा र प्रतिज्ञा त गर्न सक्दिन तर तिमीलाई यति विश्वास दिलाउँछु कि जुन दिन मलाई तिमी ‘पारु’ जस्तै कुनै विवेकशील, शुसिल र मेरो भावना बुभ्mने केटी पाउँछु, त्यो दिन अवश्य विवाह गनेछु । तिम्रो झै मेरो पनि यो अन्तिम पत्र हो । तिम्रो विवशता र भावनालाई म राम्ररी बुभ्mछु । काशः यो दुनियाँमा यो ‘मजबुरी’ शब्द नहुँदो हो त मानिस यति ‘विवश’ हुनु पर्दैनथ्यो होला । सधैं मुस्कुराइरहु ।

उहि टुक्रिएको मुटु बोकेको ‘पारस’

यो पत्र सरसर्ती एकपटक पढें र खाम भित्र राखेर ‘पारु’ काठमाण्डौ घर नं. .... लेखें । मुटु फुट्ला झैं भयो । आँखाका बाँधहरु फुटेर आँसुका ढिक्काहरु खसे । उनको ठेगाना, नाम आँसुले भिजाएर मेटिएछ । आँसु पुछ्दै फेरि ‘पारु’ लेखेर बन्द चिठीलाई पोष्ट गरिदिएँ ।

आखिर हामी कुनै लैला–मजनु, हीर–राँझा, रोमियो–जलियट त हैनौ नि फेरि किन यस्तो । हाम्रो सम्बन्ध र माया–प्रेम त माइक्रो बसको यात्राबाट सुरु भएको थियो र अन्त्य पनि भयो यहाँसम्म आएर । हो, ‘पारु’ मेरी प्रेमिका थिइन् तर त्यो भन्दा पहिलासँगै यात्रा गरेकी ‘सहयात्री’ आफ्नो जीवनको करुण कहानी, पुकार, बिलौना र विवशता सुनाउन अब अर्को सहयात्री नभेटिएला सायद किनकि समय बिब्ल्याँटो परेर बिलाइसक्यो जसरी बिलाइन् भरी सहयात्री ‘पारु’ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १३:१७:०३ बजे

युवराज लामा

लेखक लामा इच्छाकामना न्युज डटकमको नियमित स्तम्भकार हुन् भने त्रिवेणी बराह माध्यामिक विद्यालय मुग्लिनका प्रध्यानाध्यापक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology