Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु
images
चितवन । नारायणी नदी किनारमा आज (मंगलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।

मंसिर २ गतेसम्म चल्ने महोत्सवको आज बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गरे । काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन नसकेका हुन् । भर्चुअल माध्यमबाट जोडिदै मुख्यमन्त्री बानियाँले महोत्सवको सफलताको कामना गरे । यो महोत्सवले खेलकुदलाई पर्यटनसँग जोड्न मद्त मिल्ने उनको भनाइ थियो ।

आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले पहिलो दिन शोभायात्रामा देखिएको सहभागिताले उत्साहित बनाएको बताए । उनले महोत्सव सफल हुने विश्वास पनि व्यक्त गरे ।    

महोत्सवको उद्घाटन अघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । महोत्सव परिसरबाट निस्किएको शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, डांग्रेचोक, क्षेत्रपुर, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुन: महोत्सव परिसरमा पुगेर सकिएको थियो । शोभायात्रामा दुई जना भन्दा बढीको सहभागिता रहेको थियो ।  

यस्तै उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन पनि प्रस्तुत गरिएको थियो । महोत्सवमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।

लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने महोत्सव संयोजक विकल क्षेत्रीले बताए ।


महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । आज पहिलो दिन भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
 

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २०:३७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology