Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बन्दीपुर केवलकारले आजदेखि आईपीओ निष्काशन गर्दै

बन्दीपुर केवलकारले आजदेखि आईपीओ निष्काशन गर्दै

इच्छाकामना न्युज

११, भाद्र २०८२
बन्दीपुर केवलकारले आजदेखि आईपीओ निष्काशन गर्दै
images

तनहुँ । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले आज भदौ ११ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूलाई शेयर निष्काशन गर्न लागेको हो।

images
images

कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशनको अनुमति प्राप्त भएको थियो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्नेछ। यो शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुनेछ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते बन्द हुनेछ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

बन्दीपुर केवलकारको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

images
प्रकाशित मिति :भाद्र ११, २०८२ बुधवार - ०७:५७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology