Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कोरोना कहरकै बिच इच्छाकामनाको कुयालघारीमा पहिलो पटक बिजुली बल्यो, स्थानीय खुशी

कोरोना कहरकै बिच इच्छाकामनाको कुयालघारीमा पहिलो पटक बिजुली बल्यो, स्थानीय खुशी

संघिय सांसद पोखरेलद्वारा उद्घाटन

इच्छाकामना न्युज

२६, आश्विन २०७७
कोरोना कहरकै बिच इच्छाकामनाको कुयालघारीमा पहिलो पटक बिजुली बल्यो, स्थानीय खुशी
images

चितवन, २६ असोज । चितवनको इच्छाकामना गाँउपालिका ६ कुयालघारीमा पहिलोपटक विजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । विजुली बलेसंगै आजदेखि कुयलघारीका ८७ घर उज्यालो भएका छन । गाँउमा पहिलोपटक बत्ती बलेपछि स्थानिय खुसी भएका छन । ३१ लाखको लागतमा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गाँउमा विजुली बत्ती बालिएको हो । सो ठाँउमा कोरोना कहरका विच पनि विधुतिकरणको काम तीब्र पारिएको थियो ।

images
images

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले सडक र विजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताउनुभयो । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डिभन्ज्याङमा विजुली पुगेको थिएन, उहाँले भन्नुभयो’,अहिले केही गाँउ बाहेक सबै ठाँउमा विजुली बल्छ ।” उहाँले अर्को बर्ष भित्र इच्छाकामना गाँउपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो ।

इच्छाकामना गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले बर्षौंदेखिको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै गाँउमा थप आयआर्जनको बाटो खुलेको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले गाँउमा ढिलै भएपनि विजुली पुग्दा स्थानीय निकै हर्षित भएको उहाँले बताउनुभयो । उहाँले आधामारा, तिनबाङ र बारसीभन्ज्याङमा विजुली बत्ती बलिसकेको जानकारी दिनुभयो । अझै चार गाँउमा बत्ती बल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले विजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफुहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । सो ठाँउमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले इच्छाकामनाका सबै वडामा विद्युत पुगेको भन्दै बाँकी गाँउमा क्रमशः काम गरिने बताउनुभयो । सो ठाँउमा विजुली बाल्नका लागी २०७६/७७ मा टेण्डर भएर काम अघि बढेको थियो । इच्छाकामना गाँउपालिकामा विद्युतीकरणका लागि केन्द्रिय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १९:००:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology