Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

दाउन्नेको यात्रा केही सहज, एकतर्फी गाडी चल्न थाले

दाउन्नेको यात्रा केही सहज, एकतर्फी गाडी चल्न थाले

images

इच्छाकामना न्युज

२१, श्रावण २०८२
दाउन्नेको यात्रा केही सहज, एकतर्फी गाडी चल्न थाले
images

बोमलाल गिरी, नवलपुर । लगातारको वर्षाले अवरद्ध भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रा केही सहज भएको छ । पानी रोकिएका कारण बुधबार बिहानदेखि केही सहज रुपमा एकतर्फी गाडी चल्न थालेको नवलपुर प्रहरीले जनाएको छ ।

सोमबार बिहान ७ः३० बजेदेखि चिप्लो भएर गाडी गुड्न नसकी एकतर्फी भएको राजमार्ग दिउँसो १ बजेदेखि पहिरो खसेका कारण र पहिरो पन्छाएपछि गाडी बिग्रेर अवरुद्ध भएको थियो ।

‘‘बिहानदेखि एकतर्फी गाडी चल्न थालेका छन् तर कतिबेला के हुन्छ भन्नै सकिन्न,’’ जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले भन्नुभयो । सोमबारको तुलनामा मङ्गलबार सडक झन बिग्रिएको थियो । बन्जराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।

तीन दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेग्रान बगाएर खाल्टा खुल्टी भएकाले गाडीहरु गुड्न नसकेका हुन् ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा पनि बाटो हिलो हुने र घाम लाग्दा धुलाम्य हुने समस्या छ ।

१४ किलोमिटर सडक खण्डमध्ये पश्चिम तर्फ ३ किलोमिटर बाटो कालोपत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ । गोर्खापत्रबाट

images
प्रकाशित मिति :श्रावण २१, २०८२ बुधवार - ०८:१६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology