Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

अनेरास्ववियु चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन

अनेरास्ववियु चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन

images

इच्छाकामना न्युज

२५, जेठ २०८२
अनेरास्ववियु चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन
images

भरतपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन भएका छन् । नेकपा एमाले चितवनको पार्टी कार्यालयमा आयोजित भेलाकाबीच अध्यक्ष हरि आचार्यले उपाध्यक्ष सरोज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी तोकेका हुन् ।

३२ वर्षे उमेर हदबन्दीका कारण अध्यक्ष आचार्यले तिमिल्सिनालाई संयोजक तोकेको अनेरास्ववियुले जनाएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष आचार्यले जिल्ला कमिटीबाट बिदा लिएका हुन् । अनेरास्ववियुको महाधिवेशन भोलि जेठ २५ बाट सुरु हुँदैछ । त्यसैगरी कमिटीको सह संयोजकको जिम्मेवारी अमित आचार्य र सचिवको जिम्मेवारी प्रदीप पराजुलीले पाएका छन् । अमित आचार्य जिल्ला सचिव थिए भने प्रदीप पराजुली सहसचिव ।

जिल्ला कमिटी सबै सदस्य रहने ३९ सदस्यीय आयोजक कमिटी बनेको अनेरास्ववियुले जनाएको छ । नवगठित आयोजकले कमिटीले २९ औँ जिल्ला अधिवेशन सम्पन्न गर्नेछ । उपाध्यक्ष तिमिल्सिनालाई संयोजक तोक्नुअघि जिल्ला कमिटी सदस्यमा अर्जुन अर्याललाई मनोनित गरिएको थियो भने कमिटीकी कोषाध्यक्ष अनुजा खनाल विदेशको बसाइमा रहेकाले कमिटीबाट बिदाइ गरिएको थियो ।

भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ताको प्रमुख आतिथ्यता र नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको विशेष उपस्थिति रहेको थियो । भेलालाई संवोधन गर्दै अध्यक्ष पाठकले महाधिवेशनमा चितवन एक ढिक्का भएर लाग्न आग्रह गरे ।

अनेरास्ववियुका अध्यक्ष हरि आचार्यले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको प्रति प्रशंसा गर्दै अध्यक्ष पाठकले आयोजक कमिटीलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

images
प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १२:५१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology