Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सहकारी अभियन्ताकै कारण सहकारी अभियान बदनाम भयो : वनमन्त्री कृष्ण सिलवाल

सहकारी अभियन्ताकै कारण सहकारी अभियान बदनाम भयो : वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

११, जेठ २०८२
सहकारी अभियन्ताकै कारण सहकारी अभियान बदनाम भयो : वनमन्त्री कृष्ण सिलवाल
images

हेटौडा । सहकारी अभियन्ताकै कारण नेपालमा सहकारी अभियान बदनाम हुन पुगेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बताउनु भएको छ । शनिबार हेटौडामा आयोजित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. को १९ औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भै सम्बोन्धन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

images
images

11c233c5-136f-48ad-bbb5-1dedbf83d7cf.jpeg

सम्बोन्धनकै क्रममा उहाँले सहकारीको सिद्धान्त अनुरुप काम नगरेको हुनाले संस्था अनुशासनहीनता बढ्दै जादा सहकारी डुब्ने गरेको बताउनुभयो । उहाँले छिटो धनी हुने मनासय राखेर केही ठग अभियन्ताहरुले सहकारी संचालन गर्दा सहकारीहरु डुब्न पुगेको बताउनुभयो । ‘यस्तै ठगहरुका कारण अन्य राम्रोसँग चलिरहेको सहकारीलाई समेत अप्ठ्यारो परेको छ’ –उहाँले भन्नुभयो । 

9cd87d0e-bb55-48a4-9d15-2c1d56e9216d.jpeg

यस्तै उहाँले सहकारी यो देशको आर्थिक समृद्धिको मुल खम्बा रहेको बताउनुभयो भने समृद्ध नेपालको मुख्य कडी सहकारी नै रहेको भन्दै यो सम्भव रहेको बताउनुभयो । साथै उहाँले सहरकारीले जिउदाको जन्ती मर्दाको मलामी भन्ने चरितार्थलाई आत्मसाथ गरेको पनि बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ००:२९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology