Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बन्दीपुर अस्पताल र केबलकारबीच सहकार्य : बीमित सेवाग्राहीलाई सहुलियतसहित सेवा

बन्दीपुर अस्पताल र केबलकारबीच सहकार्य : बीमित सेवाग्राहीलाई सहुलियतसहित सेवा

इच्छाकामना न्युज

३०, बैशाख २०८२
बन्दीपुर अस्पताल र केबलकारबीच सहकार्य : बीमित सेवाग्राहीलाई सहुलियतसहित सेवा
images

बन्दीपुर । ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा अब स्वास्थ्य सेवा र यातायात पहुँच अझ सहज हुने भएको छ। स्थानीय स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र क्षेत्रीय समन्वयलाई मजबुत पार्न बन्दीपुर अस्पताल र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडबीच औपचारिक सहकार्य सम्झौता भएको छ।

images
images

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई बन्दीपुर अस्पताललाई आफ्नो प्रथम सेवा विन्दुका रूपमा रोजेका बीमित सेवाग्राहीहरुले केबलकारको दुईतर्फी यात्रामा सहुलियत प्राप्त गर्नेछन्। उक्त सुविधा बन्दीपुर गाउँपालिका मात्र नभई, भानु, गोर्खा, आँबुखैरेनी, व्यास क्षेत्रका सेवाग्राहीले पनि उपयोग गर्न सक्नेछन्।

त्यस्तै, बन्दीपुर गाउँपालिका अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्य सेवा प्रदायकहरूले समेत ठुलोढुंगादेखि बन्दीपुरसम्मको केवलकार यात्रा सहुलियत दरमा गर्न पाउने व्यवस्था मिलाइएको छ। यसले आपतकालीन स्वास्थ्य सेवा पु¥याउन सहज हुने तथा अस्पतालमा बिरामीको पहुँच सरल हुने बन्दीपुर केबलकार ऐन टुरिजमका कामु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले बताए ।

सहकार्य अन्तर्गत, अस्पतालले आपतकालीन अवस्थामा उद्धार सेवा प्रदान गर्ने तथा केवलकार स्टेशनमा एम्बुलेन्स व्यवस्था गर्ने जिम्मेवारी लिएको छ। उता, केवलकार कम्पनीले बीमा कार्ड तथा सम्बन्धित कागजातको आधारमा  सहुलियत दिने छ। बीमा कार्ड निष्क्रिय भएमा वा आवश्यक कागजात पेश नगरेमा  सहुलियत नपाइने जनाएको छ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अनिल गिरी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका का।मु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठबीच पाँच पृष्ठ लामो सम्झौता–पत्रमा हस्ताक्षर भएको छ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८२ मंगलवार - ०७:४१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology