Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

दशैंलाई लक्षित गर्दै इच्छाकामना गाउँपालिकाका ग्रामिण सडकहरु धमाधम सफा गरिदै

दशैंलाई लक्षित गर्दै इच्छाकामना गाउँपालिकाका ग्रामिण सडकहरु धमाधम सफा गरिदै

चित्र बहादुर गुरुङ

२५, आश्विन २०७७
दशैंलाई लक्षित गर्दै इच्छाकामना गाउँपालिकाका ग्रामिण सडकहरु धमाधम सफा गरिदै

कुरिनटार, २५ असोज । चितवनको इच्छाकामना गाउँपालिका अधिकांश ग्रामिण भु–भाग रहेको गाउँपालिका हो। यसै कारण हरेक वर्षायाममा गाउँपालिकाका ग्रामिण भु–भागका कृषि सडकहरु बाढि पहिरोका कारण बन्द हुने गर्छ। 
यस वर्ष पनि अविरल परेको वर्षाका कारण गाउँपालिकाका अधिकांश ग्रामिण भु–भाग जाने सडकहरु बाढि पहिरो गई अवरुद्ध भएको छ। कतिपय सडक सामान्य मर्मत गरेर सञ्चालन भए पनि फिस्लिङ–शक्तिखोर ग्रामिण कृषि सडक, जलविरे–लामो झरना–याकराङ–चनौटे–ढुङ्ग्रे सडक, भोर्ले–दाहाखानी–कापे ग्रामिण कृषि सडकहरु विगत दुई महिना देखि अवरुद्ध रहेको थियो।
महिना दिनदेखि अवरुद्ध रहेको फिस्लिङ–शक्तिखोर सडक खण्डको फिस्लिङ तर्फबाट बाटो सफा गर्दै ओल्र्याङ कटिसकेको छ भने शक्तिखोर तर्फबाट मायाटार हुदै अगाडी बढिसकेको छ। अब केहि दिन भित्रमा उक्त सडक खण्डमा विना अवरोध गाडी सञ्चालन गर्न सकिने स्थानीय अन्जान गुरुङले जानकारी दिएको छ। 
यस्तै भोर्ले–दाहाखानी–कापे सडक खण्डमा पनि भरतपुर महानगरपालिका भित्रको सडकखण्ड सफा गरिसकेको त्यहाबाट भनपा २९ हाडीगाउँका स्थानीय रमेश लामाले जानकारी दिनुभयो। त्यसैगरी सो सडक खण्ड अन्तर्गत इच्छाकामना भित्र पर्ने बाँकी भागहरुको पनि केहि दिन भित्रै सफा गर्ने स्थानीयले बताएका छन्। त्यसका लागि गाउँपालिकाले १ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको भोर्ले टोल सुधार समितिका अध्यक्ष बुद्ध चेपाङले जानकारी दिनुभयो। 
यसैगरी जलविरे–लामो झरना–याकराङ–चनौटे–ढुङ्ग्रे सडक खण्डमा पनि हप्ता दिन देखि सफाई गर्न थालिएको छ। उक्त सडक सफाई गर्दै आज मस्राङ गाउँ पुगेको त्यहाँबाट लोक गुरुङले जानकारी दिएको छ।  
कोभिड १९ कै महामारीको बिच नेपालीहरुले मनाउने ठुला चाडहरु आउन लागेसँगै गाउँपालिकाले पछिल्लो समय लामो समयदेखि अवरुद्ध ग्रामिण सडकहरु सफा गरि सुचारु गराउन धमाधम सफा गन सुरु गरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो। यसका लागि गाउँपालिकाले विपत् व्यवस्थापन कोषमा रहेको २५ लाख रुपैयाँ भित्रको रकमबाट व्यवस्थापन गर्ने गरि ग्रामिण सडक सफाईको काम गरिरहेको उहाँले बताउनुभयो।

images

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १९:१२:३३ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology