Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

खानेपानी आयोजना निर्माण हुँदै

खानेपानी आयोजना निर्माण हुँदै

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
खानेपानी आयोजना निर्माण हुँदै
images

चितवन । भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न लागिएको हो । 

बिहान केही समय मात्र पानी आउने, कहिलेकाहीँ मात्र आउने गर्दा स्थानीयदेखि व्यावसायिक बजार क्षेत्रमा पानीको अभाव हुने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले भन्नुभयो, “पानीको अभाव हुन थालेपछि मात्र निर्माणको प्रव्रिmया अगाडि बढेको छ । यसोभन्दा पनि नौलो लाग्छ तर बजार क्षेत्रमा पानीको अभाव भएको धेरै वर्ष भयो ।” उहाँले अहिले ठेक्काको प्रव्रिmयामा अगाडि बढेको जानकारी दिनुभयो । यस वडामा चार हजार सात सय घरधुरी सङ्ख्या रहेको छ । अस्थायी र स्थायी गरी दुई लाख जनसङ्ख्या रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । 

साढे चार लाख लिटरको ट्याङ्की निर्माणका लागि २० करोड रुपियाँको आयोजना रहेको छ । ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत बोर्डको लगानीमा आयोजना निर्माण हुने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जय बरालले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “ठेक्काको प्रव्रिmया अगाडि बढेको आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम हुने छ । सहलगानीको मोडलमा काम अगाडि बढेको यस आयोजनामा बोर्डले १० प्रतिशत रकम जम्मा गरिसकेको छ । आयोजना सुरु हुनुभन्दाअगाडि नै ३० प्रतिशत रकमको १० प्रतिशत रुपियाँ पहिला नै लगानी गर्नु पर्दछ ।” वडा नं. २ सहिद चोक नारायणगढका स्थानीय खोमकान्त रेग्मीले वडामा वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको अभावमा जारको पानी खरिद गरेर खानुपर्ने बाध्यता रहेको छ ।” 

पानीको अभाव भएपछि साढे चार लाख लिटर अटाउने ट्याङ्की निर्माणको प्रव्रिmया अगाडि बढेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय भरतपुरका इन्जिनियर चिरञ्जीवी सेढाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ मानिसको चाप बढ्दो छ । त्यसैले ठुलै परियोजना थालेका हौँ ।”

ट्याङ्की निर्माणपछि पाइप बिछ्याउने काम अगाडि बढ्ने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जानकारी दिएको छ । वडाको मागलाई पूरा गरेमा छिमेकी ४ नम्बर वडाका केही भागमा समेत वितरण गर्ने लक्ष्य लिएको छ । वडा नंं ३ को कार्यालयनजिक नारायणी किनारको वन क्षेत्रमा ट्याङ्की निर्माण गरिँदै छ । खानेपानीको अभाव भएको भरतपुर महानगर–८, गौरीगन्ज क्षेत्रमा पनि आयोजना अगाडि बढाइएको छ । यहाँ ३० करोड रुपियाँको लागतमा आयोजना अगाडि बढेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । यसको विस्तृत अध्ययन हुँदै छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - ०९:०४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology