Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धादिङको गंगाजमुना गाउँपालिकामा लागेको ताला एक साता पछि खुल्यो

धादिङको गंगाजमुना गाउँपालिकामा लागेको ताला एक साता पछि खुल्यो

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
धादिङको गंगाजमुना गाउँपालिकामा लागेको ताला एक साता पछि खुल्यो
images

धादिङ, १२ फागुन । धादिङको गंगा जमुना गाउँपालिकाका स्थानीयहरुले सुशासन र भष्ट्रचार विरुद्ध कार्यालयमा लगाएको ताला एक साता पछि खुलेको छ। स्थानीय र गाउँपालिका बिच ३ बुँदे निर्णय भै सहमति भएसँगै ताला खुलेको हो।
गाउँपालिकामा भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनेपछि आक्रोशित स्थानियबासीले छानबीन समिति नै चित्त बुझ्दो नभएको भन्दै एक साता अघि अनिश्चितकालिन तालाबन्दी गरेका थिए।
यस्तै गाउँपालिकाका इन्जिनियर कार्की र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा अख्तियारको नियन्त्रणमा छन् उनीहरुलाई किचेत सडक निमार्ण गर्ने वन्जु कन्सट्रक्शनका प्रतिनीधिसँग ९७ हजार घुस लिँदा लिँदै अख्तियारले फागुन ४ गते पक्राउ गरेको थियो।


सहमतिका बुदाँहरु
१. कृषि तथा पशुशाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयल र पारस अधिकारीले कृषि तथा भेटेनरी औजारहरु किन्ने क्रममा र अन्य विषयमा समेत अनियमिता गरेको भन्ने गाउँपालिकामा उजुरी परेको र सोही विषयमा माथिल्लो निकायमा समेत उजुरी परेको भन्ने सुनिएको हुँदा निजहरुलाई कानुनी कार्वाही हुने नै हुँदा यदि माथिल्लो निकायले कानुनी कार्वाही नगरेमा गाउँपालिकाले कानुन अनुसार छानबिन गरि निजहरुले गरेको अनियमिताको असुल उपर गरी निजहरुलाई हाल यस गाउँपालिकाबाट भएको सेवा करार भङ्ग गरी वर्खास्त गर्ने।
२. यस गाउँपालिकाबाट सम्पादित आर्थिक वर्ष ०७६र०७७ का भुक्तानी भएका लेखा परिक्षण हुन बाँकी सम्पूर्ण फाइलहरु माथिल्लो निकायमा उजुरी परेको भन्ने कुरा सुनिएको हुँदा ती सम्पूर्ण फाईलहरु कानुन बमोजिम अख्तियार प्राप्त माथिल्लो निकायबाट छानबिन नहुँदा सम्म लेखा शाखामा भएका सम्पूर्ण कागजातहरु सहितको फाईलहरु रहेको दराज उजुरी परेका माथिल्लो निकाय बाहेकले खोल्न नपाउने। यदि खोल्नु परेमा कानुन बमोजिम गाउँपालिको अख्तियारी प्राप्त ५ जना कार्यदलका सदस्यहरुको रोहवर राखी खोल्ने ।
३. यस गाउँपालिकाबाट सम्पादन भएका सार्वजनिक सरोकारको विषयभित्र पर्ने सम्पूर्ण काम कार्वाहीको सूचना सूचनाको हक अनुसार कोही कसैले माग गरे गाउँपालिकाले तोकेको सुचना अधिकारी मार्फत लिन सकिने।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०८:४०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology