गोरखा, १२ फागुन । फागुन १४ गते बारपाक सुुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
दिल बहादुर रम्तेलको स्मृती दिवसको अवसरमा बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
दश बर्षे माओवादी शसस्त्र द्धन्द्धमा २०५२ साल फागुन १४ गते रम्तेलको मृत्यु भएको थियो । सोही दिनको स्मरण र रम्तेलको सम्मानमा बिदा दिइएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए । शिक्षकलाइ प्रहरीले गरेको गिरफ्तारी बिरुद्ध बिद्यार्थीले गरेको प्रदर्शनको क्रममा घाइते भएका रम्तेलको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।