Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा पद बहाली

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा पद बहाली

रासस

१०, फाल्गुण २०७७
मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा पद बहाली
images

मकवानपुर, १० फागुन । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गरेकी छिन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए ।

images
images

उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उनले आज हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको जानकरी दिइन् ।

आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरिएको थियो । यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:३७:१३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology