Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

माओवादी केन्द्र इच्छाकामनाले जनयुद्ध दिवस मनायो

माओवादी केन्द्र इच्छाकामनाले जनयुद्ध दिवस मनायो

images

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
माओवादी केन्द्र इच्छाकामनाले जनयुद्ध दिवस मनायो
images

इच्छाकामना ।  नेकपा माओवादी केन्द्र इच्छाकामनाले ३० औँ जनयुद्ध दिवस मनाएका छन् । माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको आयोजनामा इच्छाकामना - ४ लेवटारमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि जनयुद्ध दिवस मनाएका हुन् । 
नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष रामहरि कडेँलको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य एंव इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा  माओवादी केन्द्रका प्रदेश सदस्य  सावित्री सिलवाल वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना, माओवादी केन्द्र इच्छाकामनाका पूर्व अध्यक्ष हरि बहादुर थापा, जिल्ला सल्लाहकार कृष्णप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेका थिए । 
कार्यक्रममा कृष्णप्रसाद सिलवाल र शिव पौडेलले कविता वाचन गरेका थिए । उपाध्यक्ष कुमार मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव पवन गुरुङले सञ्चालन गरेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २१:१८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology