Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा पर्दै 

तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा पर्दै 

विकाश गुरुङ

९, फाल्गुण २०७७
तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा पर्दै 

तेह्रथुम, ७ फागुन । पुर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा पर्दै गएको छ । त्यहा पुग्ने जोकोहिको मनमस्तिष्कमा पोखरीको सुन्दरताले छाप छोड्छ । तर उचित संरक्षण र प्रचारप्रसार नहुदा यो पोखरी ओझेलमा परेको छ । समुन्द्र सतहबाट २४ सय ५० मिटर उचाईमा रहेको यो पोखरी संरक्षणमा सरोकारवालाहरुको नजर नपुग्दा ओझेलमा परेको हो । 
छथर गाउँपालिकाको वार्ड नम्बर १ को शिरमा रहेको धार्मिक तथा पर्यटकीय हिसाबले महत्तपूर्ण मार्गा पोखरीप्रति नागरिकको विश्वास भने घटेको छैन । करिब ५ सय मिटर लम्बाईमा फैलिएको मार्गा पोखरीको उत्पत्तिको बिषयमा यकिन साथ आजसम्म कसैले पनि बताउन सकेको छैन । पोखरी वरिपरि विभिन्न प्रजातिका बोट बिरुवा भए पनि पात खसेको देखिदैन । छथर गाउँपालिका १ डोङडोङगेका का स्थानीय फुर्ब शेर्पा  यहाँ पात खस्ने बित्तिकै चरो आएर बाहिर फाल्ने गरेको बताउनुहुन्छ । 
मार्गा पोखरी ऐतिहासिक छथर क्षेत्रकै उत्कृष्ट पर्यटकीय संभावना भएर पनि उचित संरक्षण नहुँदा बर्सेनि सुक्दै गएको छ । छथर गाउँपालिकाले भने पोखरीमा पर्यटन प्रबर्द्धन गर्नको लागि बिशेष योजना बनाएर अगाडि बढेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिनुभयो ।  हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेलासँगै बिजुवा गुफा समेत बस्ने गरिएको छ । खडेरीको मौसममा तेह्रथुम, धनकुटा लगायतका गाउँबाट मार्गा पोखरीमा पानी माग्न आउने परम्परा पनि रहेको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १८:००:२७ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology