Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

images

रासस

२६, माघ २०८१
‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
images

काठमाडौँ, माघ २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार-ल्होछार-लोसार शुभकामना आदान-प्रदान कार्यक्रममा आज उहाँले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्तरूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।” मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उहाँको भनाइ थियो । नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । रासस 

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १९:५३:०८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology